मोदीको स्वामीले नेपालबारे गरे यस्तो खुलासा
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

विश्वविख्यात परमहंश स्वामी महेश्वरानन्द महामण्डलेश्वरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जान नपाउँदा नेपाल र नेपालीसँग रिसाएको खुलासा गरेका छन् । उनले मोदीले पहिलो पटक नेपाल आउँदा जनकपुर पुगेर काठमाडौं आउन चाहेको तर, त्यो सम्भव नभएको र दोस्रो पटक पनि जनकपुर आउन नपाएका कारण उनी रिसाएको उनको दाबी छ । मोदीले जनकपुर पुगेर बिहारमा सन्देश दिन चाहेको तर, सुरक्षा लगायतका विषयका कारण जनकपुर जान नसक्दा समस्या भएको उनको दाबी छ । बाबाले नेपाल भारतको पनि शिर भएकाले टाउको दुखाउनु ज्यानका लागि हानीको विषय भएको बताए । उनले नेपाल र नेपालीलाई गरिब भन्नेहरु दुई कानबीच मगज नभएकाहरु मात्रै भएको बताए । अमेरिका, युरोपका विभिन्न देशहरुमा समेत आफ्नो अध्यात्मिक प्रवचन तथा योगको माध्यमबाट हजारौंलाई दीक्षित गरेका स्वामीले नेपाल भारतको पनि शीर भएकोले भारतीय जनता र शासकहरुले नेपालको सम्मान गर्नसके मात्रै राम्रो फल पाउने बताए । भारतको मध्यप्रदेशको उचियानीमा आउँदो अप्रिल १२ तारिख मंगलबार देखि हुने कुम्भ मेलामा जाने क्रममा आरामको लागि पोखरा आएका स्वामीले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण नेपाल भारत सम्बन्ध केही बिग्रिए पनि यो छिट्टै हट्ने बताए । उनले नेपाल हिन्दू राज्य हुनुपर्नेमा भारतीय प्रधानमन्त्री लगायत भारतीय उच्च अधिकारीहरुको आसा रहेको पनि दाबी गरे । स्वामी भारतीय प्रधानमन्त्री मोदीका पनि प्रिय बाबा हुन् । स्रोत : ओ यस नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses