प्रधानमन्त्री ओलीको यस्तो गोप्य रहस्य खुल्यो
प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य रहस्यको खुलासा भएको छ ।बाहिर हेर्दा त्यस्तो नदेखिएपनि ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ज्योतिषहरुलाई आश्चर्यमा पार्नेगरी आफ्नो गोप्य कुरा आफैले खोलेका हुन् ।कुरा हो ज्योतिष शास्त्रको । ओलीले सम्बोधनको अन्तिममा भविष्यको संकेत गर्ने ज्योतिषहरुका बारेमा पनि बोले । जसले ज्योतिषहरु नै अचम्ममा परे ।सम्बोधनमा ओलीले ज्योतिषशास्त्रले २०७३ साललाई राम्रो वर्ष भनेको र विकास र समृद्धिका धेरै कामहरु अघि बढ्ने संकेत गरेको स्मरण गरे ।ज्योतिषहरुले नयाँ वर्षमा राम्रो संकेत दिएको भन्दै सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्षको शुभकामना पनि दिए । ‘सरकार जटिल परिस्थितिमा भएतापनि देश र जनताका लागि काम गर्छ भन्ने संकेत ज्योतिषहरुबाट आएको छ । हामीले त्यसमा विश्वास गरेका छौं’ प्रधानमन्त्रीले भने ।कम्युनिष्ट पार्टीबाट प्रधानमन्त्री बनेपनि ओलीले ज्योतिष शास्त्रमा विश्वास गर्दै ज्योतिषले गरेको भविष्यवाणीलाई आफ्नो सम्बोधनमा उच्चारण गर्न भ्याएपछि एक जना ज्योतिष सुनील सिटौलाले भनेका छन्- ‘प्रधानमन्त्री भइसकेपछि सरकारी निवास बालुवाटार सर्दा गृहप्रवेशको साइत नै नहेर्ने ओलीले नयाँ वर्षबारे ज्योतिषमा विश्वास गर्दा अचम्मै लाग्यो । जे होस् ढिलै भएपनि राम्रै भो ।’
प्रधानमन्त्री ओली बालुवाटार सर्दा साइत नहेरी सिधै प्रवेश गरेका थिए । उनको यो कदमबाट ज्योतिषहरु असन्तुष्ट बनेका थिए भने ओली ज्योतिष शास्त्रलाई नमान्ने प्रमका रुपमा चिनिएका थिए । तर, हिजोको सम्बोधनले त्यो भ्रम चिरिदिएको छ ।यसअघि प्रधानमन्त्रीहरु साइत हेरेर मात्रै बालुवाटार सर्दथे । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला पनि साइत हेरेरै बालुवाटार सरेका थिए ।
स्रोत : दैनिक नेपाल
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses