सिद्धबाबा:अक्सिजनबिना नै समाधि बसेर ९ दिनपछि यसरी जिउँदै निस्के
अक्सिजन नछिर्ने गरी प्लास्टिकले बाहिरबाट बन्द गरी माटोले पुरिएको काठको बाकसभित्र गत चैत २६ गते समाधि बसेका बाबालाई ९ दिनपछि शुक्रबार बाकसबाट सकुशल निकालिएको हो ।अक्सिजनविना ९ दिनसम्म समाधि बसेर जिवितै निस्किएपछि त्यहाँ उपस्थित चिकित्सकहरु आश्चर्य चकित परेका छन् । उनीहरुकै अगाडि बाबा बन्द बाकसभित्र समाधि बसेका थिए ।९ दिनपछि जिउँदै निस्कएका बाबालाई हेर्न पोखरामा हजारौको घुइँचो लागेको छ ।
योग र साधनाका माध्यमबाट अक्सिजनबिना नै बस्न सम्भव हुने बताएका बाबाले समाधिमा रहँदा रक्तसञ्चार, मुटुको धड्कन पनि रोकिने हुँदा शरीरलाई हावापानी र अन्न नचाहिने उल्लेख गरेका थिए । जून प्रमाणित गरेर देखाएका छन् ।त्यहाँ उपस्थित चिकित्सकहरूले ९ दिनपछि बाबा जीवितै बाहिर आउनुलाई चमत्कार भनेका छन् ।स्रोत : दैनिक नेपाल
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses