यो कस्तो देश मृत्यु भएकाको नाममा पनि १८ लाख हिनामिना
काठमाडौं–सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता दोहोरो भुक्तानी दिएर, नक्कली औंठाछाप लगाएर र लगतकट्टा नगरी हिनामिना गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७१÷७२ को लेखापरीक्षण गर्दा १८ गाविसमा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको हो । महालेखाले मुस्ताङ, तेह्रथुम, धादिङ, सोलु, अर्घखाँची, कञ्चनपुर, रौतहट र सल्यानका १८ गाविसमा मृत्यु भएका, लगत नभएका र बसाइँ सरेकाको नाममा भत्ता निकासा भइरहेको फेला परेको छ । ती गाविसमा नमूना लेखापरीक्षण गर्दा १८ लाख रुपैयाँ हिनामिना गरेको फेला परेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses