प्रतियुषाको अत्महत्याको खबरपछि डिप्रेसनमा पुगेर उनको फ्यानले पनि आत्मा हत्या गरे
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

बालिका बधुकी नायिका प्रत्युसा बेनर्जीले आत्महत्या गरेको भन्दै उक्त सिरियलको फ्यान रहेकी एक महिलाले पनि आत्महत्या गरेकी छिन् । हिन्दुस्तान टाइम्सका अनुसार छत्तिसगढ रायपुरकी एक महिलाले आफ्नै २ वर्षीय छोराको अगाडि झुण्डिएर आत्महत्या गरेकी हुन् । बालक लगातार रुन थालेपछि छिमेकीहरुले उक्त घटनाको बारेमा थाहा पाएका थिए । घटनाको समय उनका पति भने काममा थिए । लोकेश महानन्दकी पत्नी मधु बालिका बधुकी फ्यान थिइन् । प्रत्युसाको निधनको खबरपछि उनी डिप्रेसनमा पुगेको र आत्महत्या गरेको बताइएको छ । ‘उनी प्रत्युसाको निधनका कारण निकै दुःखी थिइन् । उनले बेलाबेला उनको आत्महत्याको कुरा निकाल्थिन् । समाचारमा प्रत्युसाको खबर सुन्ने बित्तकै ब्याकुल बन्थिन्,’ लोकेशले भने । प्रहरीले पनि यस्तै जानकारी दिएको छ । प्रहरी आइजीपी जिपी सिंहले प्रारम्भिक अनुसन्धानमा मधुले बालिका बधु नियमित हेर्ने गरेको र त्यसले उनको जीवनमा पनि प्रभाव पारेको बताए । प्रत्युसाको आत्महत्याले उनको आत्महत्यामा भूमिका खेलेको हुनुपर्ने प्रहरीको अनुमान छ । यता, प्रत्युसाको प्रेमी राहुलमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रत्युसाका परिवारले उनीमाथि प्रत्युसामाथि शाररीक र मानिसक यातना दिएको आरोप लगाएका छन् भने प्रत्युसाको एकाउण्टबाट पनि २४ लाख रुपैयाँ गायब भएको पाइएको छ । शुरुदेखि राहुलको गतिविधि शंकास्पद देखिएको छ भने उनी हाल डिप्रेसनमा रहेको भन्दै अस्पतालमा भर्ना भएका छन् । प्रहरीले भने प्रत्युसाको मोबाइल फोनको अनुसन्धान गरिरहेको छ । स्रोत : रातो पाटि

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses