दाइजो नपाएको निहुँमा वीरगञ्जमा राधाको ‘हत्या’
पर्साको वीरगञ्जस्थित मुर्ली बगैचामा मृत अवस्थामा भेटिएकी राधादेवि साहको हत्या नै भएको माइती पक्षले दाबी गरेका छन् ।
वीरगंजको मुर्ली बगैंचा वडा नम्बर १५ निवासी राधा देवी साह कानुको ससुराली पक्षले यातना दिएर हत्या गरेको उनका दाजु जितेन्द्र साह गुप्ताले आरोप लगाएका हुन् ।
बारा जिल्लाको महागढिमाई नगरपालिका गढीमाई टोलमा माइती रहेको राधाको गत बर्षको फागुन १० गते वीरगंज मुर्ली बगैचा निवासी सुवास प्रसाद साहसँग विहे भएको थियो । नयाँ जीवनको शुरुवात गर्न वीरगञ्ज गएकी राधाको तीन महिना नबित्दै हत्या भएको उनका परिवारले आरोप लगाए ।
यता ससुराली पक्षले भने राधाले आत्महत्या गरेको दाबी गरेका छन् ।
घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको मृतकका दाजु जितेन्द्र साहले बताए । नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा मधेशी पत्रकार सघं पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नी बहिनीको हत्या भएको दाजु जितेन्द्रले दावी गरे ।
घटना शुक्रवार विहानै भएपनि माइती पक्षलाई बेलुका ५ बजे मात्र ससुराली पक्षले खबर गरेको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको बताएको छ । ससुराली पक्षका कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
प्रहरीले शवको पोस्टमार्टम गरी परिवारको शनिवार ससुराली पक्षलाई जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले थप कुरा पोष्टमार्टमको रिर्पोट आएपछि मात्र केही भन्न सकिने जनाएको छ ।
पत्रकार समेलनमा बोल्दै राधाका दाजु जितेन्द्रले घटनाको छानविन गरी सत्य, तथ्य कुरा उजागर गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।
मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुको उपस्थितीमा आयोजना गरिएको पत्रकार समेलनमा मृतक राधाका माइती पक्षले राधाले कुनै पनि हालतमा आत्महत्या गर्न नसक्ने बताउँदै घटनालाई प्रहरी, प्रशासन र राजनीतिककर्मीहरुको मिलोमतोमा दबाउने प्रयास भइरहेको आरोप पनि लगाएका छन् ।
पत्रकार सम्मेलनमा वोल्दै मानव अधिकारकर्मी परमानन्द चौधरीले दोषी जो भए पनि यस्ता घटनाको छानविन गर्न जरुरी रहेको बताए ।
राधाको विहेमा २५ लाख रुपैया दाइजो दिएको बताउँदै उनका परिवारजनले २ लाख रुपैयाँ दिन बाँकी नै रहेको पत्रकार सम्मेलनमा बताए । त्यो बिषयलाई लिएर उनका सासु ससुराले बिभिन्न खाले यातना दिने गरेको बताउँदै जितेन्द्र साहले आफूले त्यो रकम पनि दिने वाचा गरेको बताए । तर, बहिनीलाई बिहे भएको २० दिनमै मानसिक र शारिरिक यातना ससुराली पक्षले गर्न थालेको, जलाएर मार्ने धम्की दिएको तथा चाकुले आँखा घोच्ने गरेको साहको आरोप छ ।
बहिनी बिरामी हुँदा उपचार समेत नगराएको, माईतीमा उपचार गरी पठाएको एक दिन पनि नबित्दै यस्तो घटना हुनु शंकास्पद भएको साहले बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा भावुुक वनेका साहले आफूले न्याय पाउनुपर्ने बताउँदै यसमा नेपाली जनताको सहयोग आवश्यक रहेको वताए ।
मृतक राधाका पति इन्जिनियर रहेको तथा वीरगञ्ज करिडोरमै रहेको एक कम्पनीमा काम गदै आएकोले मोटो रकम दिएर बहिनीको धार्मिक रितिरिवाज अनुसार बिहे गरी दिएको साहले बताए ।
स्रोत:दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses