मनिषा मत्यु प्रकरण
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ चौधरीले झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ ।बुधबार प्रहरीले पत्रकार सम्मेलन गर्दै आशिषको पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले बताएको हो ।
अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए ।
तर, अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेको बताए ।
यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । काठमाडाँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण रिपोर्ट पनि मंगलबार प्रहरीलाई बुझाएको थियो ।
स्रोत : रातो पाटि
यसरी गरिएको थियो पोलिग्राफ टेस्ट हेर्नुहोस
<< भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses