प्रचण्डलाई ओलीको यस्तो सन्देश
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

प्रधानमन्त्री केपी ओलीले प्रचण्डको कानमै पुग्ने गरी एउटा सन्देश पठाएका छन् । सन्देश सुनेर प्रचण्ड निकै तिल्मिलाएका छन् । प्रचण्डलाई ओलीको सन्देश हो– बजेट पास हुनासाथ सरकारको नेतृत्व लिन्छु । ओली सरकार ढाल्न देउवाको आडमा प्रचण्डले कम्मर कसेपछि रातारात ९ बुँदे सहमति भएको थियो । सहमतिमा नलेखिएको दशौं बुँदा थियो–बजेट ल्याएपछि ओलीले राजिनामा दिने, प्रचण्ड प्रधानमन्त्री बन्ने । प्रचण्ड निकटहरुले बताएअनुसार प्रधानमन्त्री ओलीले बजेट ल्याएपछि जेठ २० गते राजीनामा दिने सहमति थियो । जेठ २० गते आउनै लाग्यो तर, ओलीले न राजीनामा दिने आँट छ, न प्रचण्डलाई सरकारको नेतृत्व दिने नै लक्षण छ । ओली सरकारले नेतृत्व नदिएर बेइमानी गरेको ठहर गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो विश्वासपात्र टिमसँग यसबारे परामर्श गरेका छन् । जेठ २० भित्र सरकार नछाड्ने भए कहिले सरकार छाड्ने त ? यो बारे प्रचण्डले ओलीको जवाफ माग्न आफ्ना पार्टीका केही नेताहरुलाई बालुवाटार पठाएका थिए । ओलीले उनीहरुलाई कुनै जवाफ दिएनन् । प्रचण्डजीसँगै कुरा गर्छु भने । त्यसपछि बजेट आए लगत्तै ओलीले प्रचण्डसँग वार्ता गरेको बुझिन्छ । आजको साँघु साप्ताहिकमा खबर छ । स्रोत : रातो पाटि

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses