Breaking,
News,
Video
»
एक पछी अर्को युवतीको हत्या !! आखिर किन ?सबै घटना रहस्मय बन्दै (भिडियो सहित)
एक पछी अर्को युवतीको हत्या !! आखिर किन ?सबै घटना रहस्मय बन्दै (भिडियो सहित)
जनप्रिय बहुमुखी क्याम्पसकोे उत्तरपट्टिबेहोस अवस्थामा अर्धनग्न फेला परेकी स्मृति गुरुङको उपचारको क्रममा मृत्यु भएको छ ।उनलाई मंगलबार बिहान उद्धार गरेर प्रहरीले मनिापाल शिक्षण अस्पताल पुर्याएको थियो । उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर गणेश बमले बताए ।मंगलबार बिहान मर्निङ वाक गर्ने हिँडेका स्थानीयले बेहोसी अवस्थामा अर्धनग्न देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकोमा गम्भीर चोट लागेकी स्मृतिलाई प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरेर थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो ।‘चोटकै कारण मृत्यु भएको देखिएको छ,’ इन्स्पेक्टर बमले भने । अनुसन्धानका लागि केही व्यक्तिहरुसँग सोधपुछ गरिरहेको उनले बताए । सोमबार रातिसम्म स्मृति नागढुंगास्थित डेराकै वरपर देखिएको स्थानीयले बताएका छन् । उक्त रात अबरेरसम्म उनी साथीहरुसँग भएको अनुसन्धानका क्रममा खुलेको छ ।स्मृतिकी आमा पोखरा नभएको बेला घटना भएको उनका गाउँले आनबहादुर गुरुङले बताए । १५ वर्षअघि बुबा बितेपछि आमालेनै लालनपालन गर्दै आएको उनले बताए । ‘आर्थिक अवस्था निकै नाजुक छ,’ उनले भने, ‘उपचारका लागि खर्च भएको रकम पनि तिर्न सक्दैनन् ।’ स्मृतिको उपचारका लागि १ लाख ६ हजार खर्च भएको उनले बताए ।गोर्खा सिर्दिबास वङसिङ घर भएकी आमा चाँदनीले स्मृति र दुई छोरालाई पोखरा–८ नागढुंगामा डेरा लिएर लालनपालन गर्दै आएकी थिइन् । चाँदनीले ज्याला मजदुरी गरेर छोराछोरी हुर्काएकी हुन् । २१ वर्षीया स्मृति जनप्रिय उमाविमा कक्षा ९ सम्म पढेर छाडेकी थिइन् ।
पोहोर वैशाख १२ को भूकम्पले भत्काएको घर बनाउन एक हप्ताअघि चाँदनी दुई छोरासहित गाउँ गएको बेला स्मृतिमाथि यस्तो घटना भएको रञ्जित गुरुङले बताए । ‘घटना भएको भनेर आमालाई जानकारी गराएका छौं,’ उनले भने, ‘उनीहरु भोलि या पर्सि आउन सक्छन् ।’स्मृतिको गाउँ सिर्दिबास वङसिङबाट गोर्खा सदरमुकाम आउन २ दिन लाग्ने उनले बताए । ‘आमा आएपछि शव बुझ्ने काम हुन्छ,’ उनले भने, ‘अहिले मनिपाल शव गृहमा राखिएको छ ।’ घटनाको वास्तविकता बाहिर आउनुपर्ने उनले बताए । ‘समाजले घटनामा संलग्नलाई पक्राउ गरी तुरुन्तै कारबाही गर्न प्रहरीलाई आग्रह गरेको छ,’ उनले भने, ‘स्मृतिको परिवारबाट पहल गर्ने कोही नभएको हुनाले समाजले सहयोग गर्ने छ ।’गत माघ १७ गते मालेपाटनमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्बु मृत अवस्थामा फेला परेकी थिइन् । उनको पनि टाउकोमा गम्भीर चोट लागेकै कारण मृत्यु भएको थियो ।तत्कालीन वडा प्रहरी कार्यालय वैदामका प्रमुख इन्स्पेक्टर वीरेन्द्र गोदारले घटनामा संलग्न व्यक्ति छिट्टै पत्ता लगाउने भने पनि अझैसम्म कस
स्रोत:समाधान न्युज
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses