Breaking,
Entertainment,
Video
»
नेपाली सन्नी लियोन अर्चना पनेरुको पहिलो फिल्म 'छेस्को' आजदेखि हलमा मात्र नभएर अनलाइनमा पनि हेर्न पाइने
नेपाली सन्नी लियोन अर्चना पनेरुको पहिलो फिल्म 'छेस्को' आजदेखि हलमा मात्र नभएर अनलाइनमा पनि हेर्न पाइने
हाम्रो मुभि डटकमले इन्टरनेटमार्फत नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपाली दर्शकलाई मध्यनजर गर्दै हाम्रो मुभि डटकमले फिल्म हलमा चलेकै दिन नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको हो । हाम्रो मुभि डटकमले यो सेवा सुरु गरेसँगै नेपाली फिल्म हेर्न युट्युबमा महिनौँ कुर्नु पर्ने बाध्यता हट्नेछ । सबैभन्दा पहिला चर्चामा रहेकी अर्चना पनेरुको छेस्को र जिस्मको ग्लोबल लन्च गरिने हाम्रो मुभि डटकमका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिएका छन् । चलचित्र छेस्को हाम्रो मुभिमार्फत जेठ २१ गते देखि विश्वभरबाट हेर्न सकिनेछ । छेस्को हेर्नका लागि मास्टर कार्ड, अमेरिकन एक्सप्रेस, भिजा कार्डलगायतको नेटवर्कमा रहेका कुनै पनि डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डबाट १० अमेरिकन डलर तिर्नु पर्नेछ । यो भन्दा अघि नेपाली सिनेमा घरमा प्रस्तुत हुन बाँकी ‘सेफ ल्यान्डिङ’ नामक सामाजिक चलचित्रको प्रिमियर गरेर हाम्रो मुभिले अनलाइनबाट प्रिमियममा फिल्म देखाउने अनुभव बटुलिसकेको छ । त्यस्तै राजु गिरीको निर्देशनमा बनेको चलचित्र जिस्म असार ३१ गते हलमा र हाम्रो मुभिमा एकै दिन सार्वजनिक हुनेछ । यो सँगै ओस्कार अवार्डमा पुगेको सुनगाभा पनि हाम्रो मुभिका प्रयोगकर्ताले छिट्टै हेर्न पाउने छन् । हाईलाईट्स नेपालसँगको सहकार्यमा लुट २, छक्का पन्जालगायतका सिनेमाहरु पनि युट्युबमा भन्दा पहिला हाम्रो मुभिबाट हेर्न पाईनेछ । मासिक ५.९९ डलर तिरेर हाम्रो मुभि डटकमको मासीक ग्राहक बन्न सकिन्छ । दुई महिनामा झण्डै ३५ हजार व्यक्ति हाम्रो मुभि डटकमको प्रयोगकर्ता बनीसकेका छन् । नयाँ फिल्म ल्याउनको लागि व्यापक माग भएकाले ग्लोबल लन्चको अवधारणा अपनाएको कार्यकारी अधिकृत सापकोटाको भनाई छ । ग्लोबल लन्चलले बिश्वभर रहेका नेपाली चलचित्र पारखीहरुलाई जति सक्दो छिटो फिल्म हेर्ने सुविधा दिने र नेपाली फिल्मको तिर्सना मेटाउने अपेक्षा गरिएको छ ।स्रोत : रातो पाटि .कम
यसको हट सिन यस्तो छ : ल हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
0 comments
Write Down Your Responses