केही समय ओलीलाई सघाउँदा के फरक पर्ला ?
आदरणीय कमरेड प्रचण्ड ।
यो देशमा सबैभन्दा बलिदानिपूर्ण संघर्श र क्रान्तिको नेत्तृत्व गरेको नेताको रुपमा म तपाइलाई अत्यन्तै सम्मान गर्दछु । दबिएर बसेको दुरदराजकको सामान्य नागरिकलाई अधिकारका बारे जागरुक र सचेत बनाउन सफल समाजिक परिबर्तनको अगुवा तपाइनै हो । साथै यहाकै नेतृत्वको क्रान्तिको जग र बलमा नेपालमा गणतन्त्र स्थापित भएको कुरा सामान्य मानिसले समेत बुझ्दछन ।
गणतन्त्र स्थापनापछि पनि तपाइले बिभिन्न काल खन्डमा लिएका अडानहरु र निर्णयहरु नेपालका लागि बहुमुल्य छन् । जस्तो संबिधान जारि गर्ने सबाल तत्कालीन सरकारको नेतृत्व जोसुकैको होस् । एमाले अध्यक्ष केपी ओलि र तपाईको प्रमुख भूमिकाले मात्र त्यो संभब भएको हो भन्नेकुरा आम जनतालाई राम्रैसँग महसुस हुन्छ । त्यस्तै भारतले नेपाललाई लगाएको घटिया नाकाबन्दी र हस्तक्षेपका बिरुद्ध तपाई र ओलीकै सहकार्य र चटानी अडानले भारत झुक्न बाध्य भो । तपाईहरुको नेतृत्वमा स्वभीमानको लडाइँमा बिजय हासिल गर्न पाउँदा नेपालीहरुको खुशीको सीमै रहेन । छिमेकि मुलुक चीनसंग बिभिन्न संझौता र सहकार्य हुनुमा पनि प्रधानमन्त्रीलाई तपाइले दिनुभएको साथको बल प्रमुख थियो । त्यसैले पछिल्लो समय प्रधानमन्त्रि ओली र तपाइको सहकार्य देशलाई फलिफापसिद्ध भैरहेको छ र अझै हुनेमा आम नागरिक आशीर्बाद छन् ।
केही समय अगाडि तपाई बर्तमान गठबन्धन तोडेर अर्को गठबन्धन सरकारको नेत्तृत्ब गर्न तम्सिदा भर्ने धेरैलाई केहि असहज महसुस भएको थियो । फेरि तपाईहरु मिल्नुभो । जनतामा खुशीको बहार फर्केर आयो । यसमा कुनै राजनीतिक कारण, आग्रह, पूर्वाग्रह केहि थिएन । जनताले तपाईहरुको सहकार्यबाट गरेको बिकासको चाहानै प्रमुख थियो ।
यसबीचमा तपाई र एमाले नेत्तृत्व बीचमा बजेटपछि तपाइले सरकारको नेत्तृत्व गर्ने गरि भद्र सहमति भएको कुरा बाहिर आयोे । त्यहिअनुरुप हुनुपर्दछ । तपाइले अब आफूले सरकारको नेत्तृत्व गर्ने कुरा यदाकदा ब्यक्त गरिरहनुभएको छ । हामी आम जनतापनि दलहरुबीच भएका सहमतिहरु पालना हुनुपर्छ । दलहरु नैतिकतामा चल्नुपर्छ । भन्ने मान्यता राख्छौ । तथापि आम नागरिकमा एउटा बहस चलिरहेको छ । यो भद्र सहमति कम्तिमा एक वर्षपछि कार्यान्वयन गर्न पाए के होला ? त्यसो गर्दा के पहाडै खस्लार ? बरु तपाइ नेताहरु, देश र जनतालाइ फाइदै हुन्थ्यो कि ?
लेखक
लेखक
यसोभन्दा तपाइलाई लाग्नसक्छ । यो ओलिको अन्धभक्त होला । तर म न तपाइको बिरोधी हु न ओलीको अन्धभक्त । म त देशमा बिकास र समृद्धि चाहाने एउटा आम नागरिक हुँ । साथै आफनो देशका नेताहरुप्रतिको बिश्वास बढिरहोस् । नेता सम्झेपछि सबैमा अघाध सम्मान जागेर आओस् । भन्ने चाहान्छु म । तपाई धेरै पटक सिंगापुर पुग्नुभा छ । सिंगापुरमा लि क्वान युको नाम लिनहोुस् । त्यहाका मानिसहरु सम्मानले नतमस्तक हुन्छन् । आखा टिलपिल पार्छन । म हाम्रो देशका नेताहरुप्रति पनि त्यस्तै सम्मान प्रकट होस् भन्ने चाहान्छु ।
देशको एक प्रमुख नेताको रुपमा तपाइप्रति पनि धेरै आषा छ जनतामा । यतिबेला तपाईको हालको राजनैतिक उचाइ र कद नघटोस् । र तपाई प्रतिको बिस्वास नघटोस । भन्ने मानिसहरु तपाइले तत्कालै सरकारको नेत्तृत्व नफेरिदिए हुन्थ्यो । भन्ने ठानिरहेका छन् । किनभने ठूलो रोगसंग लड्दै बाँचेका हालका प्रधानमन्त्री केपी ओलीमा बिकासप्रतिको अदभुत चाहाना र दृड संकल्प देखिएको छ यतिखेर । त्यै अनुसारको बजेट भरखरै आएको छ । त्यसको कार्यान्वन हेर्नै बाकी छ । अर्कोतिर उनले फेरि नेतृत्व गर्ने सम्भावना कम भएकाले मानिसहरु उनको तीब्र आकांक्षा र क्षमता पूरापूर हेर्न चाहान्छन् । यस्को मतलब तपाइहरुमा संकल्प छैन भन्ने हैन् । तर तपाइ त अलि पछि पनि नेतृत्वगर्न सक्नुहुन्छ ।
मलाइ कामहरु बिस्तारै गरौंला भन्ने छुट छैन ओलीले भनेको यो भनाइ अहिले आएर जनताको दिमागमा गडेको छ । त्यसैले ओलि प्रति मानिसहरुको आशा र बिश्वास बढेको छ ।
ओलीले केहि गरिसकेका र्छैनन । मात्र सपना दिएका छन् । सपना जगाइदिएका छन् । वर्षौबाट निरासामा बाँचेका जनतालाई उत्साहित बनाइदिइका छन् । मानिसहरुमा एउटा अपूर्व चाहाना जागेको छ । ओलीले अर्को एक दुई बर्ष नेतृत्व गर्न पाए, साँच्चै केहि गर्थेकि ? अर्को अर्थमा मानिसहरु ओलिको बोलिको पूरा परीक्षा लिन चाइरहेका छन् ।
ओली साँच्चै परीक्षामा पास भए भने त्यस्को जस ओली एक्लैले पाउने छैनन् । जसरी संबिधान घोषणा हुनुको प्रमुख जस तपाइले पनि पाइरहनु भएको छ । ओलीको नेतृत्वमा हुने बिकासको जस तपाइले पनि उत्तिकै पाउनुहुनेछ । किनकि तपाइ गठबन्दनको प्रमुख सहकर्मी हो । र महत्वपूर्ण मन्त्रालय पनि तपाइकै पार्टीसंग छन् । यसो गर्दा तपाइको राजनैतिक र नैतिक उचाइ अहिलेको भन्दा निकै बढेको हुनेछ । त्यसपछि तपाइले नेतृत्व गर्दा तपाइलाई सर्बमान्य नेता मान्नेछन् जनताले ।
तपाइले अहिलेनै हतार गर्दा, राजनैतिक अस्थिरताको कारक तपाइ हो भन्ने पर्न जाने खतरा छ । अनि देश र जनताको स्वार्थ र आसय मनन नगरेको पनि ठानिन सक्छ समाजमा । त्यतिमात्र हैन । तपाइले नेतृत्व लिने बित्तिकै फटाफट काम त हुदैन । । मन्त्रालय बाडफाड, सचिब, कर्मचारी जस्ता धेरै कुरा मिलाउन समय लाग्नेछ । अर्को सरकारले ल्यायको बजेट कार्यान्वयन त्यति सजिलो हुने छैन । त्यतिनै बेला मानिसहरुमा ओली नेतृतवको सरकारप्रतिकोे आशक्ति झन् बढेर जानेछ । मानिसहरू भन्नेछन् । ओलीले नै फटाफट गर्थेकि ? अर्को कुरा, तपाइको कार्यकाल पनि धैरै लामो त अबस्य हुदैन होला । त्यसो हुँदा न तपाइले सारै धैरै काम गर्ने समय पाउनु हुनेछ । न त ओलीले नै । दुबैको फोटो झुन्डिने बाहेक केहि हुदैनकि ? बरु उल्टो अस्थिरताको अपजस मात्र तपाइलाई हात लाग्न सक्छ ।
बरु कम्तिमा अर्केा एक वर्ष ओलीलाई नै नेतृत्व गर्न सघाउदा दीर्घकालमा तपाइले गुमाउने केहि पनि हुने छैन । बरु लाभै हुनेछ । ओलीको पनि पूरा परीक्षा सकिने छ । ओली पास भएमा जस तपाइलाई पनि आउने छ । उनी फेल भएमा जनताको बिकल्प तपाइप्रति सोझिनेछ । अनि लिनुस सरकारको नेतृत्व् । हुन सकेमा ओलीको पार्टीसंग चुनाबमा पनि सहकार्य गनुुस् । अत्यधिक बहुमत ल्याउनुहोस् । फेरिपनि मिलेर काम गनुहोस् । मिलेरै देशको कायापलट गनुहोस् । सबैका सम्मानित नेता बन्नुहोस् । लि क्वान यु जस्तै ।
तपाइ समकालीन नेतृत्वमध्ये एक दुरदर्शी नेतामा गनिनु हुन्छ । यी सबै कुरा तपाइले अबश्य मनन गर्नुभएको छ । आफ्नो पार्टीमा आन्तरिक दबाब र अन्य सीमाहरु पनि होलान । तर तत्कालको फाइदा हैन भबिष्यको । पार्टीको मात्र स्वार्थ हैन देशको । अनि आम जनताको अन्तरमनको भावना र चाहना बुझेर अबस्य निणर्य लिनुहुनेछ ।
स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses