इस्तानबुलको विमानस्थलमा आतंकवादी हमला : कम्तिमा ३६ को मृत्यु (फोटो तथा भिडियो)
बिबिसीका अनुसार घटनामा तीन जना आतंकवादी संलग्न थिए । एक ४७ जस्ता स्वचालित हतियार लिएर विमानस्थलमा प्रवेश गरेका उनीहरुले अन्धधुन्द गोली प्रहार गरेका थिए । पछि प्रहरीले जवाफी कारवाही शुरु गरेपछि उनीहरुले शरीरमा भिरेको बम आत्मघाती विस्फोट गराएका थिए ।टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरिमले यो घटना इस्लाम स्टेटका कट्टरपन्थीहरुले घटाएको हुन सक्ने बताएका छन् । आटाटुर्क विमानस्थललाई लामो समयदेखि आतंकवादी हमला हुने सम्भावित स्थानको सूचीमा राखेको थियो ।टर्कीका राष्ट्रपति रेकेप टायिप एरडोगानले यस्तो घटना जहाँ पनि हुने सक्ने बताउँदै यो आतंकवादबिरुद्धको लडाइँमा नयाँ मोड भएको टिप्पणी गरे ।अमेरिकाले यो आक्रमणलाई ‘जघन्य’ बताउँदै टर्कीलाई सबैप्रकारको सहयोग उपलब्ध गराउने बताएको छ ।एक सिसी टिभी फुटेजमा प्रहरीले एक आतंकवादीलाई गोली हानेको र पछि ती आतंकवादीले आत्मघाती विस्फोट गराएको देख्न सकिन्छ ।हालै टर्कीमा भएका आतंकवादी हमलाहरु
सन् २०१६
– जुन ७, इस्तानबुल – कार बममा परी ७ प्रहरी र चार सर्वसाधारणको मृत्यु, घटनाको जिम्मा कुर्दिस विद्रोही संगठन टिएकेले लियो
– मार्च १९, इस्तानबुल – आत्मघाती बममा चार जनाको मृत्यु, आइएसमाथि आरोप
– मार्च १३, अनकारा – कार बममा ३४ को मृत्यु, घटनाको जिम्मा कुर्दिस विद्रोही संगठन टिएकेले लियो
– फेब्रुअरी १७, अनकारा – सैन्य बसमा आक्रमण २९ को मृत्यु, घटनाको जिम्मा कुर्दिस विद्रोही संगठन टिएकेले लियो
– जनवरी १२, इस्तानबुल – सिरियाका आत्मघाती आक्रमणकारीद्वरा ११ जर्मन नागरिकको हत्या
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>> =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses