ललितपुरमा लगातारको बर्षाका कारण स्कुलको पर्खाल भत्किँदा २ छात्राको मृत्यु, १७ विद्यार्थी घाइते
ललितपुरको गोदावरीस्थित टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कुलको कक्षा तीनको पर्खाल भत्किँदा दुई छात्राको मृत्यु भएको छ ।लगातारको बर्षाका कारण पर्खाल भत्किदा ९ वर्षीया छात्रा कृपा राई र १० वर्षीया अञ्जना पुन मगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए ।उनका अनुसार पर्खालले च्यापिँदा १७ विद्यार्थी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।स्रोत : दैनिक नेपाल
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses