गोलको विवादले विश्वासकाे ज्यान गुम्याे, अनुसन्धानका लागि १३ जना युवा र ६ जना युवाप्रहरी हिरासतमा
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

शक्ति युवा क्लब तल्लो गगनगौंडा र जनचेतना युवा क्लब कोत्रे नर्सरीबीच मंगलबार फुटबल खेल भइरहेको थियो । दियालो युवा क्लब लेखनाथ—१३ को आयोजनामा मजुवा खेल मैदानमा गगनगौंडा क्लबले ४ गोल गरिसकेको थियो ।जब खेलको सेकेन्ड हाफमा कोत्रेतर्फबाट पहिलो गोल भयो अनि विवाद सुरु भयो । बलले जाली चुमे पनि रेफ्रीले ‘गोल भएन’ भन्दै थिए, फेरि उतिखेरै गोल दिए । रेफ्री नै अन्योलमा परेको भन्दै गगनगौंडाका केही खेलाडीले ‘गोल मानिँदैन’ भन्दै थिए । त्यत्तिकैमा गगनगौंडाका किपर चन्द्र पुन र कोत्रेका खेलाडी सन्दीप गुरुङबीच हात हालाहाल भयो ।
आयोजकले त्यसलाई ठूलो रुप लिन दिएन । दुवै टिमलाई छुट्याएर खेल स्थगित गर्‍यो । आयोजकले गगनगौंडाको टिमलाई गगनगाैडा जाने बाटोतिर लाइदियो भने कोत्रे जानेलाई त्यतैतिर पठायो । कोत्रेका केही युवा भने बाइकमा गए । धेरैजसो युवा हिँडेर आ–आफ्नो धुनमा घरतिर लागे । त्यत्तिकैमा प्रहरी पनि आइपुग्यो । अनि गगनगौंडाका दुई जनालाई नियन्त्रणमा लियो ।
कोत्रे घर भएका विश्वास थापा, हेमन्त थापा र सन्दीप गुरुङ बाटोमा हिँड्दै थिए । उनीहरु कोत्रे पुल के पुगेका थिए गगनगौंडाका केही युवा बाइकमा हुइँकिँदै आएर बाटो छेके । त्यसरी बाइकमा युवा आएपछि कोत्रेका ती तीनजना युवा फेरि मजुवातिर फर्किए ।बाइकमा आएका गगनगाैडाका युवकले आफुहरुलाई भेट्टाउला भन्ने डरले हाइवे छाडेर भित्री बाटो हुँदै मकैबारी तिर भागे । त्यत्तिकैमा सन्दीप गुरुङ स्थानीयको घरमा गुहार मागेर कोठाभित्र लुक्न सफल भए । यता हेमन्त र विश्वास भने कुटाइ खाने डरले भाग्दै थिए ।त्यत्तिकैमा शारीरिक रुपले बलिया हेमन्त कोत्रे घाटमाथितिर भागे भने विश्वास घाटतलको खोंचतिर लागे । ती युवा पनि विश्वासकैपछि लागे । त्यसको केही बेरमै युवा फर्किए । तर विश्वास भने फर्किएनन् ।भागाभाग भएको केहीबेरमा लेखनाथ–१३ कोत्रेघाट खोला किनारमा १८ वर्षीय विश्वासको शव फेला पर्‍यो । उनको टाउकोमा गम्भीर चोट लागेर ज्यान लछारिएको देखियो । कुटपिटबाट ज्यान गयो कि भिरबाट लडेर भन्ने कुरामा अझै अन्योल रहेको स्थानीय बताउँछन् ।
घटना भएपछि प्रहरीले गगनगाैडाका १३ जना युवा नियन्त्रणमा लिएको छ भने कोत्रेका ६ जना युवा प्रहरी हिरासतमा छन् । कास्की प्रहरीकहाँ गगनगौंडाका ६ जना युवाविरुद्ध किटानी जाहेरी दिइएको विश्वासका मामा कृष्ण आलेले समाधानसँग बताए ।जसमा गगनगौंडाका १९ वर्षीय सुलभ खत्री, १९ वर्षीय समीर प्रधान, १९ वर्षीय पञ्कज केसी, १७ वर्षीय आशीष कुँवर, १८ वर्षीय मनबहादुर पुन र २० वर्षीय विनस केसी छन् । उनीहरु लगायत गगनगौंडाकै चन्द्र पुन, विशाल गुरुङ, अनील राना, सन्दीप पुन, अमृत बोहरा र विवश पुन प्रहरीको हिरासतमा छन् ।त्यसैगरी प्रहरीले कोत्रेका दिनेश गुरुङ, कृष्ण गुरुङ, सन्दीप गुरुङ, सञ्जीव गुरुङ हेमन्त थापा र विशाल गुरुङलाई पनि हिरासतमा राखेको छ ।घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिसुवाका इन्स्पेक्टर मित्रबहादुर आचार्यले बताए । ‘आयोजकले फुटबल खेलाउँदै छु भनेर प्रहरीकहाँ जानकारी दिएको भए यस्तो हुँदैन्थ्यो होला,’ आचार्यले भने, ‘झगडा भएपछि मात्र गगनगौंडाका सई सा’बलाई खबर आएपछि मैले तुरुन्तै खटिन भनेको थिएँ ।’स्रोत : समाधान न्यूज

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses