को हुन् धनकुटा बस दुर्घटनामा ज्यान गुमाउने पूर्व राज्यमन्त्री खेवा ?
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

धनकुटामा भएको बस दुर्घटनामा एक जना पूर्व राज्यमन्त्री हरिराज खेवाले ज्यान गुमाएका छन् । उनीसँगै अन्य ६ जनाले पनी ज्यान गुमाएका छन् । दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।
धनकुटाका प्रहरी प्रमुख एसपी विभुतिराज पाण्डेका अनुसार संखुवासभाको मुडेशनिश्चरेबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६ नम्बरको बस परेवादिन–५ को छिदुवा बजारनजिकै भिरबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
घटनास्थलमा प्रहरी र स्थानीयबासीबाट उद्दार कार्य जारी छ ।
को हुन् हरिराज खेवा ?
पूर्व अर्थराज्यमन्त्री खेवा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् । २०६४ सालको संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री स्व. सूर्यवहादुर थापालाई पराजित गरेर उनी सभासद् बनेका थिए ।
त्यसपछि उनलाई माओवादीले राज्यमन्त्री बनाएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खेवा अर्थराज्यमन्त्री बनेका थिए । त्यतिबेला वर्षमान पुन अर्थमन्त्री थिए ।
मन्त्री हुँदा विवादमा समेत आएका खेवा चढेको जिपमा धनकुटामा आज बस दुर्घटना भएको नजिकैको बजारमा २०६९ सालमा आगजनी भएको थियो ।
सार्वजनिक यातायात चढेर गृह जिल्ला जाने क्रममा आज उनले यो संसारबाटै विदा लिएका छन् ।
स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses