शालु भन्छिन् ‘अहिले भ्याकेन्सी खाली छ’ ल हेर्नुहोस
तपाईंको कलायात्रा कसरी प्रारम्भ भयो ?
मेरो जन्म तनहुँको दुलेगौँडामा भएको हो । बाल्यकालदेखि नै कलाकारितामा लाग्छु भन्ने थियो तर अवसर मिलेको थिएन । अध्ययनको सिलसिलामा पोर्चुगल थिएँ । बिष्णु क्षेत्रीको ‘यो कस्तो खेल’ बोलको गीतको म्युजिक भिडियोको छायांकन पोर्चुगलमै भएको थियो । मैले त्यहाँ अभिनय गर्ने अवसर पाएँ । मेरो डेभ्यु म्युजिक भिडियो पनि त्यही हो । त्यसपछि प्रमोद खरेलको ‘यो मनै कन्ट्रोल हुँदैन’, ‘लौ हेर म नाँचु कसरी’, ‘प्रियसीको याद’ लगायत दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेको छु ।
कलाकारितामा लाग्न केले प्रेरित गर्यो ?
पोर्चुगलबाट नेपाल फर्किएपछि मेरो अभिनय यात्राको रफ्तार बढेको हो । कलाकारिता मेरो ‘प्यासन’ थियो । म व्यवसायमा समेत आवद्ध भएकाले यसलाई नै पूर्णकालीन् पेशा बनाएको छैन । व्यवसायबाट बाँचेको समय कलाकारितामा लगाएको छु ।
बोल्ड अभिनयमा रुचि राख्नुहुन्छ किन ?
बोल्ड अभिनय अहिलेको माग हो । समयको मागलाई दृष्टिगत गर्न सकिएन भने पछि पर्नुको विकल्प हुँदैन । तथापि मैले पुरातन धार समातेका म्युजिक भिडियोमा समेत अभिनय गरेको छु ।नग्नता बिक्ने देखेर त्यता हाम फाल्नु भएको हो ?त्यो किमार्थ होइन, नग्नता केही समयका लागि बिक्ला तर त्यो दीर्घकालीन् हुँदैन । कालान्तरमा त्यो हराएर जान्छ । त्यसकारण समयसँगै पाइला चाल्न सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईं धेरैतिर छरिनु भएको छ नि, यसले तपाईंको व्यवसायिक विकास होला ?
हो, म नृत्य मात्र गर्दिन, म गीत पनि गाउँछु । शब्द पनि सिर्जना पनि गर्छु । सबैले के बुझ्न जरुरी छ भने म कलाकारितामा लागेर पैसा कमाउन आएकी हैन । मेरो रहरको विषय भएकाले सबैतिर छरिएको छु । मेरो कोहीसँग प्रतिष्पर्धा छैन । मेरो प्रतिष्पर्धा केवल मसँग मात्रै छ ।
नेपालको कलाकारिता क्षेत्रको व्यावसायिक विकास हुन किन नसकेको होला ?
अन्य मानिसको बारेमा म त्यती चासो राख्दिन तर म यो पेशामा व्यावसायिक हिसाबले अघि बढ्छु भनेर प्रवेश गरेकी होइन । जन्मँदैमा कोही मानिस पोख्त हुँदैन । जीवन नै सिकाइको शृंखला पनि भएकाले गर्दै जाँदा सिक्दै जाने कुरा पनि हो ।
राम्री हुनुहुन्छ, कति जनालाई मन बाँड्नु भयो त ?
केही समयअघि मैलै कसैलाई मन बाँडेको थिएँ । तर त्यो सम्बन्ध अगाडि बढ्न सकेन । तर पनि हामीबीच कुराकानी भइरहन्छ । सुख दुःख बाँड्छौँ पनि । हामी एक अर्काका असल साथीसमेत हौं ।
तपाईंको विचारमा प्रेम के हो ?
प्रेमको परिभाषा व्यक्तिपिच्छे भिन्न हुन्छ । प्रेम प्रकृतिको सुन्दर उपहार र जीवन पनि हो ।
अहिले कसैसँग ‘रिलेसन’मा हुनुहुन्छ कि ?
अहिले भ्याकेन्सी खाली छ (लामो हाँसो) जसले पनि अप्लाइ गर्न सक्नुहुन्छ । तर त्यसको लागि मनमा आँटचाहिँ हुनैपर्छ ।
प्रस्तुतिः अक्षर काका
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses