डिभोर्स माग्दा हत्या, सुन्दरता नै मृत्युको कारण ! यसरी भयो हत्या(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

किशोरावस्थामै प्रेम । त्यसपछि आफुखुशी विवाह । अन्तर्जातिय सम्बन्धका कारण परिवारको अस्विकृति । सम्बन्धमा खटपटपछि सम्बन्ध विच्छेद । २१–२२ वर्षकै उमेरमा दुवैको ज्यान गयो । कुनै चलचित्रको कथा जस्तै लाग्ने यो घटना पोखरामा बुधबार दिउँसै भयो ।  स्याङ्जा पौवेगौंडे गाविस वडा नं. २ की सोनम रेग्मीले सम्बन्धमा खटपट भएकै कारण २१ वर्षकै उमेरमा ज्यान गुमाएकी छिन् ।पूर्वपति स्याङ्जा किचनास गाविस वडा नं. ३ का संजीवबहादुर नेपालीले सोनमको विभत्स तरिकाले हत्या गरेका हुन् । २२ वर्षीय नेपाली र २१ वर्षीया रेग्मीबीच सम्बन्ध विच्छेद भईसकेको थियो ।  रेग्मी पोखरा ८ चालिसेमार्ग स्थित दामोदर चालिसेको घरमा विगत चार महिनादेखि डेरा गरी बस्दै आएकी थिईन् । बुधबार अपरान्ह पाँच बजेको समयमा रेग्मीको डेरामा पुगेर उनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार युवक एक्कासी आएर रेग्मीलाई कोठाबाहिर निकालेर आँगनमै हत्या गरेका थिए । घाँटी र पेटमा पटकपटक छुरी रोपेर हत्या गरेको देखिन्छ ।  घटनास्थलमा प्रहरी पुग्दा सञ्जीव सोनमसँगै लडेको अवस्थामा भेटिएका थिए । कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार सोनमको हत्यापछि सञ्जीवले विष सेवन गरेका थिए ।‘निलो ब्यागमा सबै डकुमेन्ट थिए । सुसाईड नोट समेत सँगै थियो । दुई ओटा मोबाईल, दुवै जनाको नागरिकता, सम्बन्ध विच्छेदको प्रमाणपत्र र विषको डिब्बा नजिकै थियो ।’– ईन्सपेक्टर अधिकारीले भने ।यद्यपी, प्रहरीले तुरुन्तै सञ्जीवलाई गण्डकी मेडिकल कलेज, नयाँबजार पु¥याएपनि साँझ ६ः१० मा सञ्जीवको पनि विष सेवनका कारण ज्यान गएको छ । अहिले दुवै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याईएको छ ।स्थानीयका अनुसार सञ्जीव र सोनमले किशोर उमेरमै अन्तर्जातिय विवाह गरेका हुन् । उनीहरुको बिहे पाँच वर्ष अघि नै भएको थियो । जतिबेला भर्खरै १६–१७ वर्षका मात्र थिए । स्याङ्जाकै सेतीदोभान बजारमा ३ वर्षजति बसेर डेढ वर्ष अघिदेखि पोखरा बसेको मिल्ने साथी अनिल परियार नेपालीले बताए । उनीहरुलाई घरपरिवारले स्वीकार गरेका थिएनन् । दुईजनाबीच अति नै माया प्रेम थियो तर पनि उनीहरुबीच  राम्रो सम्बन्ध थिएन । यसअघि, पटक पटक श्रीमानश्रीमतीबीच प्रहरी कार्यालयसम्मै पुगेर मेलमिलाप गरिएको र केहि महिना अघि मात्रै सम्बन्ध विच्छेद भएको प्रहरीले जानकारी दिएको छ । सञ्जीव दुबई गएर दुई महिनामै फर्केका थिए ।सञ्जीवले लेखेको सुसाईड नोटमा पनि सोनमलाई सम्बोधन गरी सम्बन्ध राम्रो नभएको र अब दुबै नरहने उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबीच के कारण सम्बन्ध बिग्रिएको भने खुलेको छैन । तर सञ्जीवले सोनमलाई छाड्न नसक्ने, अन्र्तजातिय कारण सोनमले साथ दिन नसकेको, परिवारको साथ नपाएको कारण नै जघन्य अपराध भएको हुनसक्ने प्रहरीको पुर्वानुमान रहेको छ ।

कोठाबाट बाहिरै गेटभित्रको आँगन प्राङणको कुनामा हत्या गरेको भएपनि घरभेटी र छरछिमेकी कसैले पत्तो पाएनन् । सञ्जीव नचिनिने तरिकाले मास्क लगाएर आएको देखिन्छ । सोनमको घटनास्थलमै ज्यान गईसकेपछि मात्र उनलाई पनि संगै लडिरहेको अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।स्रोत : मज्जाको न्यूज
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses