‘प्रधानमन्त्रीजी लिखित रूपमा मसँग सोध्नुस्
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूल्ठूला सपनाका लागि आर्थिक स्रोत कहाँ छ भन्दै संसदमा सोधेको प्रश्नको आफूले जवाफ दिने बताएका छन्।
प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘ प्रधानमन्त्रीजी लिखित रूपमा मसँग सोध्नुस्, म तपाईँलाई लिखित रुपमै स्रोत देखाइदिन्छु।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी गठबन्धन देशलाई संवैधानिक र राजनीतिक रिक्ततामा लैजाने षडयन्त्रबाट बनेको टिप्पणी गरेका छन्। अहिलेको गठबन्धन निर्माणमा गरिएका सम्झौताहरुलाई एमालेले अनुमोदन नगर्ने ओलीले प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री ओलीले स्थानीय निकायको चुनाव मंसिरमा नगर्ने निर्णय वर्तमान सरकारले गर्नुमा प्रदेश सभाको चुनाव पनि नगर्ने नियत रहेको दाबी गरेका छन्।
उनले जो कोहीले बाटो–बाटोमा संविधानको संशोधन माग्दैमा संविधान संशोधन नहुने भन्दै संविधानको संशोधन औचित्यको आधारमा हुने प्रष्ट पारे।
ओलीले अहिलेको गठबन्धनलाई संवैधानिक र राजनीतिक रिक्ततामा लैजाने षडयन्त्रबाट बनेको दाबी गरे।
सरकारले धेरै ठाउँमा कागज गरेको छ । थमौति गरेको छ । जहाँ-जहाँ ल्याप्चे लगाइएका छन्, आश्वासन दिइएका छन् । ती सम्झौता अनुमोदन गर्ने काम एमालेले नगर्ने उनले बताए।
‘एमालेले प्रतिशोधको राजनीति गर्दैन, इगो राख्दैन, संविधान संशोधन हुनै हुँदैन भन्ने पनि होइन तर औचित्यको आधारमा हुनुपर्छ,’ उनले भने।स्रोत : सेतो पाटि .कम

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses