बालुवाटारबाट सामानहरु नलगेको स्पष्टोक्ति
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १९ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि त्यहाँका सामानहरु निजी सचिवालयका व्यक्तिहरुले आफैसँग लिएर गएको भन्ने केही सञ्चार माध्यममा आएका समाचारहरु कपोलकल्पित र भ्रामक भएको ओलीको सचिवालयले जनाएको छ । समाचारमा देखाइएका सामानका पोका र कोठा वास्तविक नभएको र भान्साका रुपमा देखाइएको फाटो बालुवाटारको नरहेको पनि ओलीको सचिवालयले जनाएको छ । अन्यत्रतिरको फाटो प्रयोग गरी पूर्व प्रधानमन्त्री ओलीलाई बदनाम गराउने नियतले झुठा समाचार सम्प्रेषण भईरहेकोमा ओलीको सचिवालयले आपत्ति समेत जनाएको छ । उनको सचिवालयमा कार्यरत रहेका रमेश भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु अघि बालुवाटार निवासको व्यबस्थापन हेर्न त्यहाँ रहेका शहरी विकास तथा भवन विभाग र प्रधानमन्त्री कार्यालयबाट खटिएका कर्मचारीहरुको रोहबरमा सामानहरुको बुझबुझारथ गरिएको थियो । तर, त्यस्तो वास्तविकतालाई ढाकछोप गरी झुठा समाचार सम्प्रेषण गर्नुको पछाडि पूर्व प्रधानमन्त्रीलाई बदनाम गराउने नियत रहेको उनले जनाए ।

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses