जोया र जिबन काण्ड: जिबन थापा मगरको महत्वपूर्ण र सनसनी पूर्ण अन्तर्वार्ता
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

निश्चित व्यक्ति र संस्थाको स्वार्थ र ईज्जतको खातिर देश र जनताको बेइजत गर्नु गम्भीर अपराध हो । तथाकथित उद्दारको नाममा गरिबीकै कारण कसैको परिवार कसैले छुटाउछ भने त्यो घोर अन्याय हो । जोया र जिबन थापा मगर काण्ड गरिबमाथिको घोर अन्याय र नेपालको दुई छोरा एबम बुहारीलाई देश निकाला गरेर चितवन स्थित आदर्श गृह संस्था र सम्बन्धित निकायले गम्भीर अपराध र अन्याय गरेको छ । आज विश्वमा एउटा बुहारी अनि दुइ सन्तान पाल्न नसकेर देश निकाला गर्ने देश- नेपाल भनेर, देश र नेपाली जनताको घोर बेइजत गरेको छ भने आदर्श संस्थाको स्वार्थ र इज्जतका खातिर विश्वभर फैलाईएको खबरले विश्वभर रहेको लाखौँ नेपालीहरुको नैतिकता, आचरण र अनुसासनमाथि गम्भीर दाग लागेको छ । नेपालीहरु हिजो सोझा, सिधा, मेहनेती, सहयोगी, नैतिकवान, कर्तब्यनिष्ठ र ईमान्दार भनेर चिनिदै गर्दा यस जोया र जिबन काण्डकोपश्चात नेपालीहरुमाथिको ब्याबहार नकारात्मक भएको छ । फिलिपिन्समा अध्यान गरिरहेका नेपाली बिद्यार्थीमाथि भौतिक आक्रम भएको छ । गल्फ एबम मलेशियामा नेपालि कामदारमाथि दैनिक गालि, तुच्छ बचन र लातसम्म खान परेको अवस्था छ । सयौ सम्बन्ध टुट्न लागेको जानकारी आएको छ । के अब यो गम्भीर आघात यो आदर्श गृह संस्थाको ईज्जतले जोगाउछ ? के रास्ट्रको ईज्जतभन्दा आदर्श गृह संस्थाको ईज्जत ठुलो हो ? रास्ट्र र नागारिकहरुको बेइजत गर्ने अधिकार कसले दियो आदर्श गृह संस्थालाई ? गम्भीर भएर सबैले सोच्ने बेला आएको छ ।जोया र जिबन थापा मगरको दाम्पत्य जिबन र समग्र परिवारमाथि भएको अन्यायबारे सत्य तथ्य जानकारी पत्ता लगाउने र उनीहरुमाथि भएका अन्याय बिरुद्ध ससक्त कलम चलाउने अभियान अनुरुप दुधकोशी मिडियाको आधिकारिक वेबपेज ई-ग्लोब न्युज मार्फत उनीहरुको निरन्तर खबर प्रसारण गरिएको छ। सोहि क्रममा जोया र जिबन थापा मगर एबम सम्पूर्ण परिवारमा किन यस्ता गम्भीर अन्याय र अत्याचार भई रहेको छ भन्ने सवालमा आज यस घटनाको मुख्य पात्र जिबन थापा मगरको महत्वपूर्ण र सनसनी पूर्ण अन्तर्वार्ता यस मिडियाका सम्पादक एम वर्तमान रानाले तयार गर्नु भएको छ । जसबाट आदर्श गृह संस्थाले बालबालिका र महिलाको नाममा पैशाको लागि कति सम्मको निच हर्कत गर्दो रहेछ भन्ने खुल्न आएको छ । आउनुहोस जोया र जिबन थापा मगरको दाम्पत्य जिबन र समग्र परिवारमाथि भएको अन्यायबारे अन्तरबार्ता भिडियो हेरौ,सुनौ र न्यायको लागी सबैलाई गोलबन्ध गरौँ । र न्यायको यस लडाईको लागि सक्दो शेयर पनि गरौ पूर्ण विवरण तलको भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses