गोरखाबाट बिरामी लिएर आएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

गोरखाको फिलिमबाट काठमाडौंतर्फ उडेको विमान फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा खसेको छ। नुवाकोटको मदनपुर-९ पाखुरेमा हेलिकप्टर खसेको स्थानीयले प्रशासनमा जानकारी दिएको नुवाकोटको सिडियो विष्णुप्रसाद पोखरेलले सेतोपाटीलाई बताए। पोखरेलका अनुसार अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ।
गोरखाबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको केलिकोप्टर नुवाकोटबाट सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। उक्त हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्।
उद्धारका लागि फिस्टेल एयरको अर्को हेलिकप्टर गइसकेको छ। हेलिकप्टर सम्पर्कबिहिन भएको स्थानमा ल्याण्ड गरेको खोजी कार्य तिब्र पारेको फिस्टेल एयरले जनाएको छ।स्रोत : सेतो पाटि .कम

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses