पोखराका लागि छुटेको बस त्रिशुलीमा खस्दा, २१ जनाको यस्तो दर्दनाक मृत्यु
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै त्रिशूलीमा खसेको छ ।ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट १०० मिटर तल त्रिशुली नदीमा खसेर हो ।दुर्घटनामा २१ जनाको मृत्यु भएको प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकमा १९ जना पुरुष र दुई महिला रहेको र १७ जना घाइते रहेका छन् ।घाइतेहरुलाई भरतपुर अस्पताल चितवन लगिएको प्रहरीले रातोपाटीलाई बताए ।प्रहरीका अनुसार घटना राती २ देखि साढे २ को बीचमा भएको थियो । मृतकको सनाखत हुन बाँकी छ ।गस्तीमा निस्किएको प्रहरी टोलीले बस तैरिरहेको अवस्थामा देखेको हो । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।बसमा कम्तीमा ४० यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।
स्रोत : रातो पाटि

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses