फेवातालमा बेपत्ता दुईको शव फेला, यस्तो अवस्थामा भेटियो शव (तस्विर)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

पोखराको फेवातालमा डुंगा डुब्दा चार दिनदेखि वेपत्ता दुईजना युवक मृत फेला परेका छन्। बिहीबार विहान फेवातालको हल्लनचोक घाट नजिकैबाट प्रहरीले काठमाडौं बसुन्धराका २३ वर्षीय एलिन केसी र डुंगा डुबेकै स्थानबाट काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठलाई मृत फेला पारेको प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए।उनीहरुको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ। सोमबार साँझ फेवातालमा डुंगा डुब्दा त्यसमा सवारमध्ये ८ जनामध्ये ६ जनाको जिवितै उद्धार गरिएको थियो। फेवातालपारीको रेष्टुरेण्टमा खाना खाएर फर्किदै गर्दा साँँझ ५ बजेतिर डुंगा डुबेको थियो। डुंगाको क्षमताभन्दा बढी यात्रु चढेका कारण दुर्घटना भएको प्रहरीको दाबी छ।दुर्घटनामा परि काठमाडौंका सौगात श्रेष्ठ, रोशन न्यौपाने, सम्राट गौतम, दिपक न्यौपाने, हेटौंडाका विदुर धिताल, पोखरा–६ लेकसाइडकी डुंगा चालक गंगा बस्नेतको उद्धार गरिएको थियो।

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses