६ सय वर्षअघि हत्या गरिएका एक आदिवासीको मुद्दा सल्टियो
अस्ट्रेलियामा ६ सय वर्षअघि भएको एक आदिवासी हत्याको मुद्दा वैज्ञानिकले सल्टाएका छन्। मुद्दाको छिनोफानो गर्न अस्ट्रेलियाका वैज्ञानिकलाई करिब २ वर्ष लागेको थियो। करिब १ दशमलव ७ मिटर अग्लो र करिब २५ देखि ३० वर्ष आयुको एक आदिवासी व्यक्ति ‘काकुत्जा’ को अवशेष न्यु साउथ वेल्सको डार्लिङ नदीको किनारामा भेटिएको थियो। ग्रिफिथ विश्वविधालयका अनुसन्धानकर्ताले काकुत्जाको निधनको कारण पत्ता लगाउनका लागि २ वर्षदेखि अनुसन्धान गरिरहेका थिए। यो टिमले काकुत्जालाई धारिलो हतियारले आक्रमण गरेर मारेको निस्कर्ष निकालेको छ। विश्वविधालयका सिनियर अनुसन्धानकर्ता माइकल वेस्टावेले त्यो समुदायका व्यक्तिले धारिलो वाणको प्रयोग गर्ने गरेको बताएका थिए। वैज्ञानिकले दावी गरेका छन्, काकुत्जालाई पनि मार्न लील–लील नाम गरेको काठले बनाएको हतियार प्रयोग भएको थियो। काकुत्जाको लास २०१४ मा भेटिएको थियो। स्थानीय भाषामा काकुत्जाको अर्थ ठूलो भाई हुन्छ। शोधमा समावेश जोन ओलेले लडाईको समयमा काकुत्जालाई गम्भीर चोट लाग्न सकेको अनुमान गरेका छन्। उनले घाँटी, आँखा र पेटमा चोट लागेको बताएका थिए। स्थानीय चलनअनुसार मृत्युवरण गरेका व्यक्तिलाई गाड्ने चलन छ। तर, उनको शरीर बाहिर भेटिएको थियो।स्रोत : सेतो पाटि =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses