यसकारण जिबन मगर दुबाईबाट छोटो समयमा नै जोयाकासाथ फर्किएको थियो
शुरुमा जब जोयालाई अन्तर्राष्ट्रिय बिमान स्थलमा बिदाई गरियो तब जिबन थापा नामका अमुक व्यक्तिलाई मिडियाहरुले तथानाम गालि गर्न लागे । हुदै नभएको आरोपहरु लगाउन थाले । यतिसम्म कि मैले एउटा नेपालीलाई तथानाम गालि र गौलाज गरिरहदा नेपाली र नेपालको बेइजत भईरहेको छ भन्ने सामान्य कुरा पनि ख्याल गरिएन । रास्ट्रीय मिडिया भन्नेहरु यस घटनामा हौवाको पछाडी मात्र कुदेको पाईयो । अझ न्युज २४ ले एक रिपोर्टमा जिबन थापा दुबाईमा ड्रगिस्ट भएको, गैरकानुनि काम गरेको र महिनौ जेल परेको समेत आरोप लगाएका छन् यति मात्र होइन अनैतिक काम गरेको भनेर कामबाट निकाली ४ महिनामा नै घर फिर्ता गरेको भन्ने समेत आरोप लगाए ।
यस्ता निराधार आरोप किन लगाए त ? कसका कारण लगाए त ? अहिले सच्च्याई अघाडी आउदा किन मौन छन् त ति हौवा पिट्ने मिडिया ? यस प्रश्नको उत्तरहरु रहस्यको गर्भभित्रै छन् तर एक दिन सामुने आउनेनै छ । यस बिषयमा किन नेपाल फर्कियो त भनेर प्रश्न राख्दा जिबन भन्छन "म दुबईको KFC मा काम गर्थे । शुरुको करिब २ हप्ता जति भुइँ पुछ्ने काम गरे त्यस पछी भने म बढुवा भएर किचेंको सप्लाईमा काम गर्न थाले । त्यहा यति बिजी हुन्थ्यो कि टी भनेर साध्य नै छैन २० दिराम पर्ने KFC एक दिनमा डेड लाख लाख देखि २ लाख सम्मको ब्यापार हुन्थ्यो । एक छिन उभेर बस्न पनि पाईन्नथ्यो । दुइ हातमा दुवै तिर कम्तिमा १०/१० KFC ट्रे एकै पटक ओसार्नु पर्थ्यो । यहि क्रममा एक दिन KFC पकाएको तेल टाईलमा पोखिएको रहेछ जुन मैले देखिन र म दुवै हातमा १०/१० ट्रे बोकेर जादै थियो । त्यसै बेला त्यहि तेलमा चिप्लिएर लडे र बोकेको ट्रेले मेरो मेरो दुवै हात किच्चियो । देब्रे हातमा त त्यति असर परेन तर दाहिने हात भने चलाउने नहुने भयो ।
केहि उठाउन र काम गर्न नसकिने भयो । काम गर्न नसके पछी मा कोठा आए । कोठामा आएपछी हात झनै सुन्नियो र दुखाई पनि बढ्यो । मसंग पैसा नभएकोले अस्पताल जान पनि सकिन । यसबारे मैले जोयालाई खबर गरे । उनि बिहानको ड्युटी सकेर साँझ मकहा आए । र अस्पताल जोया र म दुवै गयौं । अस्पताल गैर एक्सरे गर्दा हात भाचिएको पाईयो र डाक्टरले तुरुन्तै अप्रेसन गर्नु पर्ने बताए तर मसंग पैसा थिएन अत प्लास्टर गर्न मात्र डाक्टरलाई अनुरोध गरे पछी प्लास्टर भयो । अस्पतालको सबै पैसा जोयाको एटिएमबाट नै तिरिदियो । त्यसपछि हामि फर्कियौ ।
हप्ता दिन पछी प्लास्टर आफैले खोले र मैले काम गर्न खाजे तर भाचिएको हातको दुखाईले काम गर्न नै सकिन झनै सुनिएर आयो । अत म कोठामा नै रेस्ट गरेर बसे । बिचमा मलाई जोयाले गरेको सहयोगले मा प्रभावित भए र जसरी पनि जोयालाई नेपाल लिएर जाने अठोटका साथ म ८ महिना काम नगरी जोयाको व्याकेसन कुरेर बसे । जब जोयाको व्याकेसन मिल्यो उत्तिनै खेर १ महिनाको भिजिट भिसा लिएर नेपाल संगै आएका हौँ । स्रोत : इ ग्लोब न्यूज =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses