फेरी पोखरा मा १० बर्षीया वालिकाको बलात्कारपछि हत्या
पोखरा, २५ असोज-
कास्कीको ढिकुरपोखरी गाविसमा १० बर्षीया वालिकाको हत्या भएको छ । ढिकुरपोखरी १ की १० बर्षीया कञ्चन विकको वलात्कारपछि हत्या भएको हो ।दशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो । शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि एकिन हुन वाँकी रहेको प्रहरीले जनाएको छ । वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै एकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले पिसपोखरालाई जानकारी दिए । वालिकाको यौनाङ्ग रत्ताम्मे भेटिएकाले पनि बलात्कार भएको हुन सक्ने आशंका गरिएको छ । घटनामा संलग्नताको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्तिहरुमाथि थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । वालिकाका बाबु राजकुमार विक रोजगारीको लागि विदेशमा छन् ।
साभार: रातो झिल्का
साभार: रातो झिल्का
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses