परिवारका सबै सदस्य अपांग : खान देखी लाउन सम्म छिमेकी कै भर
पूर्वकाे केन्द्र इटहरीबाट करीब ८ किलाेमिटर पार गरेपछि पुगिन्छ भराैल गाविशकाे नडाहा गाउ , पातलै बस्ती रहेकाे उक्त गाउमा एक यस्ताे परिवार छ । त्याे परिवारकाे बारेमा जान्न जाे काेही पनि इच्छुक बनिन्छन तर उनिहरूकाे बारेमा जानिसकेपछि र बुझिसकेपछि जाे काेहीकाे अाखा अासुले भरिन्छ । त्यस्ताे बेदना लुकेकाे छ त्याे परिवार भित्र । सायद ग्रामिण भेग भएर हाेला सम्बन्धित निकाय र सञ्चारकर्मीकाे अाखा नपुगेकाे त्याे परिवारमाथी । अहिले सम्म एक हल गाेरू र समाजकाे भरमा बाचेर बसेकाे त्याे परिवार भित्रकाे बेदना हामिले देन्ख सकेनाै र बिशेष प्राथमिकताका साथ प्रकासन गर्ने जमर्काे गर्याै ।
यस्ताे छ उनिहरूकाे कथा ब्यथा
सुनसरीकाे भराैल ३ नडाहा स्थित अाफन्तकाे घरमा बसाेबास गर्दै अाएका ५८वर्षीय बल बहादुर रार्इ रसाेही उमेरकीअकिलन रार्इ जन्मेदखिनै सारिरिक रूपमा अपांग हुन उनिहरू दुवैजना बाेल्न सक्दैनन , उनिहरूकाे एक छाेरी छिन उनि पनि सारिरिक रूपमा अपांग छिन उनि ढिलाे सुन्दछिन ।
बा अामा बाेल्न नसक्ने छाेरी कुरा नबुझ्रने परिवाका सदस्य यस्ताे भएपछि यतिबेला उनिहरू मर्नु न बाच्नुकाे दाेसाधमा रहेका छन । उनिहरूकाे पूर्ख्याैली सम्पती समेत केही छैन जसाे तसाे बाल्यकालमा जम्मा गरेकाे रकमले एक हल गाेरू जाेडन भ्याएका छन । हाल साेही गाेरूकाे अासमा बाचेकाे छ याे सिंगाे परिवार ।
बिहान उठ्याे अनी अाफ्नाे सन्तान सरह पालेकाे एक हल गाेरू लिएर गाउघर गयाे गाउमा कसैकाे जमिन जाेत्नु पर्याे भने उमेरले डाडा काटेपनि पापी पेटकाे लागि अाफै जाेत्न तम्सिन्छन ५८ बर्षीय बलबहादुर। काम गर्ने क्रममा भाेक लागेकाे बेला हातले इसारा गर्दै गाउ गाउ जान्छन मागेर खान्छन र बचेकाे कुरा अाफ्नाे परिवारमा ल्याएर बाडछन । यसरी नै बित्छ यिनकाे दिन चर्या ।
परिवारकी अर्की सदस्य अकिलनकाे पनि यस्तै गरी दिन चर्या बित्ने गरेकाे छ । उनि पनि सारिरक रूपमा बाेल्न सक्दिनन । उनि बिहान उठछिन र छिमेकीकाे घरमा लुगा धुइदिने र अन्य कामहरू सघाउनमा ब्यस्त रहन्छिन त्यती गरेबापत छिमेकीले दिएकाे खाना घरमा ल्याएर बाडेर खान्छन । काेहीले चामल दिन्छन त काेहिले पैसा उनिहरूकाे दैनिकी यसरी नै बित्ने गरेकाे छ । उमेरले उनि पनि ५८ बर्ष लागिसकेकी छिन तर जिवनमा संघर्ष गर्नेबारे हारेकी छैनन ।
कसरी भयाे बलबहादुरकाे बिवाह
भाेजपुरकाे पात्लेधारामा २०१५ सालमा जन्मिएका बलबहादुर बाल्यकालदेखीनै बाेल्न सक्दैनथिए । गाउमा बा र अामा दुवेकाे देहवसानपछि अाफन्तकाे सहारामा तराइ झरेका बल बहादुर सुनसरीकाे भराैल ३ नडाहा स्थित अाफन्तकै घरमा बस्न थाले ।
गाउ छाडेर तराइ झरेका बलबहादुरले स्कुले जिवन भाेग्न पाएनन अरूकाे घरमा मेलापात गर्नु र सानै उमेरमा अर्काकाे खेत जाेत्नुले उनकाे बिद्यालय जाने सपना त्यतीकै तुहियाे । उनकाे बाल्यकाल दुखले बित्याे । मुखले बाेल्न नसक्ने भएपनि उनकाे जाेस र जागर देखेर गाउमा उसैकाे चर्चा हुने गर्दथ्याे ।
एक दिन छिमेकीकाे मेलापातमा भेट भयाे अकिलन रार्इ पहिलाे नजरमै यि दुइ बिच हेराहेर मच्चिएपछि गाउ भरी कुरा चल्याे दैव सञ्जाेक बल बहादुरपनि बाेल्न नसक्ने र अकिलन पनि बाेल्न नसक्ने जाेडी मिलेपछि गाउका मानिस र अाफन्तहर भेला गरार्इ दुवैकाे सामान्य बिवाह गराइदिए । याे भन्दा पनि अाश्चर्य उनिहरूकाे जन्ममिति साल र महिनापनि एउटै रहेकाे छ ।
बिवाहकाे दाेश्राेवर्षपछि उनिहरूकाे पहिलाे र अन्तिम सन्तानकाे अागमन भयाे उनि थिइन राेजीना रार्इ । सुरूमा राेजीना चंख थिइन तर पछि उनमा पनि बंसानुगुण देखापर्न थाल्याे । उनि अहिले १७ बर्षकी भइन कान त्यती मजाले नसुन्ने र कुरा पनि प्रस्ट नबुझ्ने यिनकाे दिनचर्या भने बा र अामाकाे भन्दा केही फरक छ । बा अामा गाउमा काम सघाउन निस्कन्छन भने उनि सबेरै छिमेकीकाे मेलापातमा सरिक हुन पुग्छिन त्यसकालागि उनलार्इ कसैले बाेलाइरहनु पर्दैन । उनि काम गर्छिन तर कसैलार्इ कामकाे परिश्रामिक माग्दिनन कसैले बुझेर दिन्छन त कसैले एक छाक खानामै टारिदिन्छन ।
परिवारमा देखिएकाे समस्या
छिमेकीहरूका अनुसार उनिहरूकाे सिङगाे परिवार एक हल गाेरू र गाउलेकै भरमा चलिरहेकाे बताउछन ।त्याे भन्दा पनि परिवारमा कसैलार्इ दुख बिमार परेमा गाउकै मानिसहरू जम्मा भइ चन्दा उठाएर उपचारकालागि अस्पताल लैजानुपर्ने बाध्यता रहेका भराैल ३ नडाहाका छिमेकी भुलनाथ पुरीले बताउनुभयाे ।उपचारकालागि रकम अभाव हुदा उनिहरूले पालेकाे एक हल गाेरू बेच्ने भन्दा अाफुहरू मर्न तयार छाै तर बेच्दैनाै भन्दै हातले इसारा गरेपछि गाउका मानिसहरू जम्मा भइ चन्दा संकलन गरेर उनिहरूकाे उपचार गराइएकाे छिमेकी तथा बुद्धिजवि भुलनाथ पुरीले बताउनुभयाे ।अार्थिक अवस्था छदै छैन सधै भरी कती अर्काले दिन्छन र घर पनि छैन सम्पतीकाे नाममा त्यही एक हल गाेरू मात्र छ त्यही पनि बेच्न मान्दैनन यस्ताे अवस्थामा छिमेकीहरूले कती हेर्छन र ? गाउकै अर्का छिमेकीले भने !दुर्इ पटक त यसै गरी पैसा उठाएर बल बहादुर र छाेरी राेजीनाकाे उपचार गराइसकेकाे छिमेकी पुरी बताउनुहुन्छ । उहाहरूकाे यस्ताे अवस्थाबारे गाउमा रहेका सामाजिक संघसंस्थाहरूलार्इ जानकारी गराइसकेकाे तर कसैले चासाे नदिएकाे छिमेकी तथा बुद्धिजवि भुलनाथ पुरीले बताउनुभयाे । उनिहरूलार्इ बाच्न यति बेला धाै धाै छ कुनै सामाजीक संघ सस्थाहरूले यसाे केही सहयाेग गरे यिनिहरूलार्इ केही राहत पुग्ने छिमेकीहरू बताउछन ।
उमेरले १७ पुगेकी राेजीना भन्छिन हाम्राे संसारमा काेही छैन सहयाेग माग्न गाविश कार्यालयमा पनि पुगेकाे तर उल्टै हकारेर पठाए। घरमा अन्न सकिएकाे बेला कहिले भाेकभाेकै बस्नुपर्छ घरी घरी त याे संसारमा अाउनु भन्दा मर्नु नै ठिक जस्ताे लाग्छ । उन्ले थपिन !
साथै परिवारकाे यस्ताे अवस्था हुदा कसैले सहयाेग नगरेकाे दुखसाे गर्दै सबैले अा अाफ्नाे ठाउबाट सहयाेग गरीदिन उनले देश बिदेशमा रहेका नेपालीहरूलार्इ अाग्रह समेत गरेकी छिन ।स्रोत :पुर्बेली न्यूज =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses