पूर्व उपप्रधानमन्त्री केसी माइक्रोबसबाट खसे
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी सार्वजनिक यातायातमा चढ्ने क्रममा बुधबार लडेर घाइते भएका छन् ।
उनको टाउको र ढाडमा चोट लागेको छ र काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ ।
जनमोर्चा निकट पत्रकार नारायण शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय कपन जाने क्रममा केसी रातोपुलमा माइक्रोबसबाट लडेका हुन् । ढोकानेरको सिटमा बसेका केसी चालकले बस मोड्ने क्रममा लडेर बेहोस भएपछि स्थानीयले अस्पताल पुर्याएका थिए ।केएमसीमा उपचार गराइरहेका अध्यक्ष केसीको अवस्था सामान्य रहेको र डाक्टरले भोलिसम्म अस्पताल बस्न सुझाव दिएको पत्रकार शर्माले जानकारी दिए ।
सरकारी पद धारण गरिसकेका राजनीतिक दलका नेताहरु सेवा-सुविधा-गाडी लिन तछाड मछाड गरिरहेका बेला ओली सरकारमा उपप्रधानमन्त्री रहेका केसी सरकारी सुविधा त्यागेर सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् । उनी मन्त्री बन्नुभन्दा पहिला पनि सार्वजनिक यातायात चढ्थे । स्रोत : दैनिक नेपाल
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::
2 comments
Write Down Your Responses

29 November 2016 at 02:07
यो बुढा लाई पनि उपचार खर्च ५० लाख देउ है नेपाल सरकार 😉😉😉😉😆😆😆
29 November 2016 at 02:08
यो बुढा लाई पनि उपचार खर्च ५० लाख देउ है नेपाल सरकार 😉😉😉😉😆😆😆