कार्टरले सोधे, ‘नेपाल र भारतको सम्बन्ध कस्तो छ ?’
माघ २, २०७२- अमेरिकी पूर्व राष्ट्रपति तथा कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले भूकम्पले दु:ख पाएको नेपाललाई नाकाको अवरोधले झन् गाह्रो बनाएको टिप्पणी गर्दै नेपाल र भारतबीचको सम्बन्धबारे चासो व्यक्त गरेका छन् ।
अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीसँगको भेटमा कार्टरले नेपालको राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।
अमेरिकाको जर्जियास्थित कार्टर सेन्टरको कार्यालयमा भएको भेटमा नेपलामा बढ्दो मानवीय संकटप्रति कार्टरले चिन्ता व्यक्त गरेका राजदूत कार्कीले जानकारी दिए ।
‘नेपालमा मानवीय सहायता कसरी पुर्याउने, यहाँको संविधानको कार्यान्वयको अवस्था कस्तो भइरहेको छ भन्ने बिषयमा छलफल भयो’, राजदूत कार्कीले भने,‘नाकामा भएको अवरोधले नेपालमा बढ्दै गएको मानवीय संकटप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।’
नेपालको शान्ति प्रक्रियाको अवस्था र भूकम्पले गराएको क्षतिबारे बुझ्न कार्टर नेपाल आउने कार्यक्रम भए पनि नाकाबन्दीको कारण स्थगित भएको छ । यसअघि उनी दुई पटक नेपाल आइसकेका छन् ।
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses