अब पुरुषले सुई लगाए गर्भ नबस्ने ( जानी राखौ )
पछिल्लो समय भ्रुण हत्याको क्रम बढिरहेको छ ।
पुरुषका लागि बनेको एउटामात्र गर्भनिरोधक साधन कण्डमलाई धेरै पुरुषले प्रयोग गर्न चाहँदैनन् भने महिलाहरुका लागि गर्भनिरोधकका अनेक साधन भएपनि लाज र पहुँच नहुँदा प्रयोग गर्न सक्दैनन् ।
जसका कारण दुबै जना गर्भनिरोधक साधन विना नै शारीरिक सम्पर्क राख्छन् र अवैध गर्भ बस्ने समस्या देखिएको छ । त्यसले अवैध गर्भ फाल्न भ्रुण हत्या तथा जन्मेको शिशु वेवारिशे छाड्ने र हत्या गर्ने क्रम पनि बढेको छ ।
तर, अब भने पुरुषहरुले सुई लगाएर एक वर्षसम्म ढुक्का साथ शारीरिक सम्पर्क राख्न सक्नेछन्, भने महिलाहरुले गर्भ बस्ने चिन्ता लिनुपर्ने छैन् । भर्खरै अमेरिकाका वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् ।
पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग शारीरिक सम्पर्क राख्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।
अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको आविष्कार गरेको समाचारमा जनाइएको छ ।
शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।
अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भ्निरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।
वैज्ञानिकहरुले उक्त पुरुष गर्भ्निरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने तयारी भइरहेको रिपोर्टमा उल्लेख छ ।
बेसिक एण्ड क्लिनिकल फाउन्डेसन जर्नलमा प्रकाशित यो शोधमा झण्डै सय जनाभन्दा बढी अनुसन्धानकर्ता संलग्न छन् ।
स्रोत : दैनिक नेपाल
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses