महिनावारीका बेला धेरै रगत किन जान्छ ? यसतो बेलामा के गर्नुपर्छ त?
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

महिना दिनको अन्तरमा हुने रगतश्राव नै महिनावारी हो । सामान्यतः यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत खेर जान सक्छ । अर्थात् ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ । उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यो अवस्थामा शरीरको रगत धेरै खेर जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका कारण धेरै भएकाले यो रोग पत्ता लगाउन केही परीक्षण गर्नुपर्ने हुन सक्छ । धेरैजसो अवस्थामा औषधिको सेवनले नै यसलाई ठीक गर्न सकिन्छ । कुनै–कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कसै–कसैलाई परिवार नियोजनका अस्थायी साधन खाने चक्कीले पनि फाइदा गर्छ । स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses