यी हुन् दोस्रो श्रीमती बनेर गएका अभिनेत्रीहरु

हालै मात्र अभिनेत्री गरिमा पन्तले आफूले विवाह गरेको खबर फेसबुक मार्फत सार्वजनिक गरिन् । लामो समयदेखी हरि शर्मा थपलियाको प्रेममा रहेर उनीसँगै विवाह गरेकी गरिमा हरिकी दोस्रो श्रीमती बनेकी हुन् । बेल्जीयमका ब्यापारी हरिको पहिले पनि एक विवाह भईसकेको थियो । गरिमाजस्तै दोस्रो श्रीमती भएर जाने अन्य अभिनेत्रीहरु पनि छन् जसबारे थाहा पाउन तलको सामाग्री पढ्नुहोस् ।
मिथिला शर्मा
अभिनेत्री मिथिला शर्मा सिने उद्योगकी निकै सफल अभिनेत्री हुन् । उनको नशा नशामा अभिनय दौडिरहेको छ । नृत्यमा अब्बल अभिनेत्री मिथिलाको अभिनयमा गहिराई भेटिन्छ । किनकी उनी निकै खुलेर अनि परिस्थीती अनुसारको माहो डुबेर अभिनय गर्छिन् । उनले धेरै सुपरहिट सिनेमामा काम गरेकी छिन् । उनले सुख दुख, निगरानी, सावधान लगायतका दर्जनौँ सिनेमामा काम गरेकी छिन् । उनले एक बर्ष अघिमात्रै नेपाल पुलीसका चिफ मोतीलाल बोहोरासँग विवाह गरीन् । उनी मोतीलालको घरमा दोस्रो पत्नी भएर भित्रिएकी हुन् । नेपाल पुलीस क्लबमा मिथिलाले नृत्य प्रस्तुत गर्दागर्दै उनीहरु एकअर्कालाई मन पराउन थालेका थिए । पहिले नै विवाहित मोतीलाल ७४ बर्षका भए भने मिथिलाले पनि पाँच दशक काटीसकेकी छिन् । पहिलो पत्नीको मृत्यु पछि मोतिलालले माथिलासँग विवाह गरेका हुन् । केहि समयसम्म प्रेममा रहेको यो जोडीले आफ्नो प्रेमलाई कोर्टमा गएर विवाहमा परिणत गरेको थियो ।
रेखा थापा
रेखा थापाले सिने क्षेत्रमा निकै हिम्मतवाली र सफल अभिनेत्रीको रुपमा ठाउँ बनाएकी छिन् । सफल र निरन्तर सक्रिय रेखाले आफ्नो वैवाहिक सम्बन्धलाई भने निरन्तरता दिन सकिनन् । उनी किशोर अवस्थामै रहँदा निर्देशक तथा निर्माता छबी ओझाकी तेस्रो श्रीमती बनिन् । उमेरको धेरै अन्तरका बाबजुद उनले छबिसँग वैवाहिक सम्बन्ध गाँसेकी थिईन् । तर सम्बन्धलाई टिकाउन भने सकीनन् । छबिसँगको सम्बन्ध टुटेपछी उनको नाम अभिनेता सिद्धार्थ गौतमसँग जोडीएको थियो । सिनेमा हिम्मतवालीका नायकसँगको उनको प्रेमको हल्ला निकै चल्यो । तर पछि यो हल्ला विस्तारै सेलाउदै गयो । रेखा अभिनेत्री बाट निमात्री बनिन् र निमात्रीबाट निर्देशक पनि भईन् । उनले सिनेमा हिम्मतवालीलाई आफै निर्देशन गरेकी हुन् ।
सञ्चीता लुईटेल
३२ बर्षिय अभिनेत्री सञ्चीता लुईटेलले सन् २००९ मा अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी हुन् । दोश्रो विवाह गरेकी संचीता निखिलको घरमा पनि दोस्रो श्रीमति भएर भित्रिएकी थिईन् । पहिले नै विवाहित निखिल र संचीताको प्रेम विवाह भएको थियो । निखिलले संचीतासँग विवाह गर्नु पहिला नै उनको जेठि श्रीमतिको सन्तान भईसकेको थियो । निखिलले पहिलो विवाह पनि प्रेम विवाह गरेका थिए । संचिताले आफ्नो अभिनयबाट सबैको मन जितेकी छिन् । उनले कोही मेरो, मुना मदन, अप्सरा, मर्यादा, दाग,माया त माया हो, नाई नभन्नु ल ३ लगायतका सिनेमामा काम गरेकी छिन् । निखिलसँगको विवाह पछी दुई सन्तानकी आमा बनेकी अभिनेत्री हाल सिने जगतमा नै फर्किएकी छिन् ।
सौजन्य सुब्बा
झापामा जन्मेकी मोडल तथा अभिनेत्री सौजन्य पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भुवन चन्दकी दोस्रो पत्नी हुन् । पहिले नै विवाहित भुपेनले सौजन्यसँग दोस्रो विवाह गरेका हुन् । मोडलिङ, टेलिसिरियल अनि सिनेमामा आफ्नो राम्रै छबी बनाएकी अभिनेत्री सौजन्यको विवाह अघि नै प्रेमले भने खासै राम्रो छबि बनाएन । उनि चर्चा र विवादमा आउने गरेकी थिइन् ।
सुश्मीता केसी
सिनेमा नेपाली बाबुमा शुस्मीताले काम गरेकी छिन् । अभिनेता भुवन केसी की दोस्रो पत्नीका रुपमा भित्रीएकी उनी वैवाहिक जिवनमा सफल हुन सकिनन् । अभिनेता भुवन केसीको तर्फबाट उनले जन्माएको छोरो अनमोल अहिले सिने क्षेत्रमा स्थापीत हुँदै छन् । करिब पाँच वर्ष पछि सुस्मीता पनि नेपाली सिने जगतमा फेरी फर्कीएकी छिन् । उनले आफ्नो छोरा अनमोल केसीसँग मिलेर सिनेमा म तिम्रै हुँ बनाउने भएकी छिन् । सिनेमामा उनी नायिकाको भुमिकामा देखिने छिन् । शुस्मीताले नेपाली बाबु, करोडपती लगायतका सिनेमामा काम गरेकी छिन् ।
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::





0 comments
Write Down Your Responses