अब स्मार्टफोनबाटै कानको जाँच
स्विडेनका शोधकर्ताहरुले स्मार्टफोनको माध्यमबाट कानको संक्रमणको जाँच गर्ने नयाँ प्रविधि पत्ता लगाएका छन् ।
शोधकर्तामध्येका एक स्विडेनका यूमेया विश्वविद्यालयका क्लाउड लरेन्टका अनुसार डाक्टरहरुको अभाव हुने र मानिसहरु कानको संक्रमणबाट धेरै पीडित हुने विकाशशील देशका मानिसहरुका लागि यो प्रविधि निकै लाभदायी हुने देखिएको छ ।
अहिलेपनि गाउँघरतिर कान दुखेमा वा कानमा संक्रमण भएर पाकेमा विभिन्न हानिकारक घरेलु उपाय हरु अपनाउने चलन छ । त्यसले गर्दा मानिसको कानको श्रवण क्षमता नै गुम्ने र बहिरोपना निम्तिन सक्ने जोखिम हुन्छ ।
कानको संक्रमणको जाँचलाई सहज बनाउने क्रममा शोधकर्ताहरुले मोबाइल फोनबाटै आफ्नो कानको जाँच गर्न सकिने विधिको विकाश गरेका हुन् । यसमा स्मार्टफोनको माध्यमबाट इमेज प्रोसेसिंग प्रविधिले मद्दतले कानको विश्वसनीय जाँच गर्न सकिन्छ ।
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses