कुपोषणग्रस्त बालकको उद्धार गर्दा…
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहिँ प्राप्त हुने खुशीको लेखाजोखा गर्न मुश्किल पर्छ । आज त्यस्तै अनुभूति हुँदैछ । अत्याधिक कुपोषणले ग्रस्त एक बालक हिजै धादिङ अस्पतालबाट डिस्चार्ज गरी घर फर्कायौं । सायद यी बालकलाई आजभन्दा झण्डै १५ दिनअघि उद्धार नगरिएको भए अवस्था जे पनि हुन सक्थ्यो । हो, आज ती बालक पहिलेको भन्दा निकै तन्दुरुस्त भएर घर फर्किरहेको अवस्थामा आफ्नो कर्मप्रति गौरव लागेको छ र एउटा जीवन जोगाउन सकेकोमा असिमित खुशी ।
धादिङ जोगिमाराकी विष्णुमाया प्रजाका ५ महिने शिशुको केही दिनअघिको अवस्था निकै रुग्ण थियो । ५ महिनाको उनको शिशुको तौल साढे २ किलोमात्रै थियो । जव कि त्यतिबेला ३ किलो ७५० ग्राम हुनुपर्ने थियो । ऊ जन्मिदै कम तौलको थियो । जोगिमाराबाट दुई घण्टा हिड्नुपर्ने धुस्राङ गाँउमा विष्णुमायाले घरमै पछिल्लो सन्तान पाएकी थिइन् । त्यसपछि पनि उनी स्वास्थ्यचौकी पुगिनन् ।
उक्त गाविसमा हामीले पोषण सम्बन्धि केही सामग्री बाँड्ने क्रममा बच्चा लिएर आएकी थिइन् । बच्चा हेरेपछि अस्पतालमा लैजान उक्त टोलीका साथीहरुले आग्रह गरेछन् तर विष्णुमायाले मानिनन् । अस्पतालमा बच्च लैजाँदा हुने खर्चदेखि घरको काम छुट्नेसम्मको चिन्ता थियो विष्णुमायालाई । हामीले धेरैपल्ट उनलाई अस्पताल आउन विभिन्न माध्यमबाट आग्रह गर्यौं । तर, आइनन् ।ती बच्चालाई जसरी पनि उद्धार गरेरै छाड्न अठोट लिइयो । हामी आफैं त्यो ठाउँमा पुग्यौं । उनको घर सोध्दै जाँदा थाहा भयो उनी नुहाउन गएकी छिन् । फोहोर पानी उनी नुहाइरहेको अवस्थामा भेट्यौं । ९५ वर्षीया बुढी हजुरआमाले ती कुपोषित बालक हेरिरहेकी थिइन् । अर्काे बच्चा पनि यत्तिकै आंगनमा सुतिरहेका थियो । अवस्था हेर्दा निकै दयनीय लाग्यो ।हामीले बच्चालाई उपचार गर्न लैजान आग्रह गर्यौं । उनले मान्दै मानिनन् । सक्दो तर्किन खोजिन् । घरको अनेक समस्या दर्शाइन् । ती बालकको अवस्था हेर्दा तुरुन्तै उपचार गर्न नसकिएको अवस्था जे पनि हुनसक्ने अनुमान गर्न गाह्रो भएन । हामीले उनलाई विभिन्न प्रलोभन दिएर अस्पताल आउन राजी गरायौं ।
उनका श्रीमान् काममा गएका थिए । कामका गएका श्रीमान्लाई आफूलाई खोज्छन् र रिसाउछन् भन्दै अस्पताल आउने मानिनन् उनी  । एक हजार रुपैंया घरखर्च दिएपछि बल्ल अस्पताल जान तयार भइन् । हालसम्म धादिङबेसी नआएकी उनी अरु बच्चा पनि यस्तै जन्मिएको दाबी गर्दै थिइन् ।
स्वास्थ्यजाँचका क्रममा बच्चाले पानी जस्तो पातलो दिसा गर्ने, रुने लगायतका समस्या देखिएको थाहा भयो । उसले राम्ररी आमाको दुध चुस्नसक्ने अवस्था पनि थिएन । पछि भने चुस्न थाल्यो । औषधी निल्न नसक्ने भएकाले उसलाई इन्जेक्सनबाट औषधी दिइएको थियो ।
उनको यो दशौं सन्तान हो । त्यसअघि दुई सन्तान मृत जन्मिए भने तीनटा जन्मिएपछि हुर्काउने क्रममा रहेनन् । काखे शिशु बाहेक उनको घरमा १६ वर्ष र ६ वर्षको छोरा, ४ र १ वर्षको छोरी छन् । नुवाकोट अस्पतालका चिकित्सकहरुले उनको उमेर करिव ४० वर्ष हाराहारी रहेको अनुमान गर्छन् ।
१६ वर्षको उमेरमा विहे भएकी विष्णुमायाले अर्को वर्ष नै पहिलो सन्तान जन्माएकी थिइन् । ऊ १६ वर्षको उमेरमा वित्यो । हरेक सन्तान घरमै जन्माएकी उनलाई अव भने सन्तान जन्माउन रुची छैन । उनले केही समय डिपोप्रोभेरा सुई प्रयोग गरेकी रहिछन्, तर रत्तस्रावका कारण विचैमा छाडिन् रे ।
नौ शिशु जन्माएकी विष्णुमायाका हाल पाँच शिशु मात्र जीवित छन् । सबै शिशु कुपोषणले ग्रस्त छन् । लगाउने एक धरो कपडा समेत छैन । हिँड्न सक्ने शिशु गाउँमा माग्न जान्छन् र अलि ठूला भएका कतै सानोतिनो ज्याला गर्न जान्छन् । ज्याला नपाएको दिन परिवार भोकै समेत पर्ने गरेको विष्णुमाया बताउँदै थिइन् ।
इन्टरनेसनल मेडिकल कर्पसको सहयोगमा  एसडिपिसीले कडा कुपोषण भएको शिशुलाई उपचार र पोषणयुक्त खानेकुरा खुवाउने कार्यमा सहयोग गर्दै आएको छ । यही सहयोग कार्यक्रम अन्तर्गत उसको उपचार गरिएको हो । उसको एफ ७५ र एफ १०० उपचार विधिबाट उपचार गरयो ।
यो काममा हातमालो गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । विशेष गरी धादिङ जिल्ला जनस्वास्थ्य प्रमुख जीवन मल्ल र जिल्ला अस्पतालका डाक्टर तथा नर्स सहकर्मीहरुको सहयोग र साथले यो संभव भएको हो ।
(बिएसी नर्सिङ गरेकी गुभाजु पोषण सम्बन्धि काम गर्ने संस्था एसडिपिसीकी धादिङ जिल्ला संयोजक हुन् )
उपचारपछि बालक
स्रोत : स्वास्थ्य खबर

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses