डा. ज्योती भट्टराईको सुगरबाट जोगीन यी टिप्सहरु हेर्नुहोस र यसरी सुगर हुन् बाट बच्नुहोस (भिडियो सहित)
रगतमा चिनीको मात्रा बढेर विभिन्न अंगमा क्षति पुर्याउन सक्ने रोगको नाम हो, मधुमेह अर्थात डायबिटिज । यसलाई नेपालीमा चिनीरोग पनि भनिन्छ । मधुमेहका धेरै हुन्छन् । यहाँ हामी मधुमेहका मुख्य दुई प्रकारबारे कुरा गर्नेछौं ।
प्रकार– १
शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ, जसले जीवकोषहरुमा चिनीलाई थन्कोबन्को लाउँछ । इन्सुलिनको उत्पादन नभएको अवस्थामा मधुमेह हुन्छ । यो प्रकारको मधुमेह धेरै कम व्यक्तिहरुलाई हुन्छ ।
प्रकार– २
यसमा इन्सुलिन निस्के पनि यसको काम गराइमा कमी आएको हुन्छ । यसले गर्दा चिनीहरु जीवकोषहरुमा पस्न नपाएर रगतमै घुमिबस्छन् र विभिन्न अंगमा क्षति पुर्याउँदै लैजान्छन् । यो प्रकारको मधुमेह धेरैलाई हुन्छ ।
त्यस्तै, गर्भावस्थामा पनि विविध कारणले मधुमेह हुन्छ ।
जोखिम
मधुमेह हुँदैमा डराइहाल्नुपर्दैन । सावधानी अपनाउने हो भने यसबाट आउन सक्ने विभिन्न जटिलबाट हामी जोगिन सक्छौं । तर, यसबारे ज्ञान भएन र सुगर, प्रेसरलाई नियन्त्रण गरिएन, डाक्टरलाई देखाइएन र विभिन्न अंगमा क्षति पुर्यायो भने जुनसुकै प्रकारको मधुमेहले पनि तपाईंलाई दुःख दिन्छ । त्यसमा क्षति पुगिसकेपछि भने सुधार गर्न धेरै गाह्रो हुन्छ । त्यसैले बढी क्षति पुग्नुअघि नै हामीले सावधानी अपनाउनुपर्ने हुन्छ ।
वंशाणुगत कारण पनि मधुमेह हुन्छ । पेटको गोलाइ बढी हुनु, अव्यवस्थित खानपान हुनु, व्यायामको कमी हुनुका कारण हामीलाई डायबिटिज हुने सम्भावना बढी हुन्छ । वंशाणुगत रुपमा त हामीलाई यसै पनि मधुमेह हुने सम्भावना रहन्छ । हामीले जीवन शैलीमा सुधार ल्याएर, व्यायाम गरेर, स्वस्थ भोजन गरेर पेटको गोलाइ बढ्न दिएनौं भने हामीले मधुमेहलाई अलि पर राख्न सक्छौं ।
कारखानमा बनेका गुलियो खानाले हाम्रो पेटको गोलाइ बढ्छ । यस्ता गुलिया लगायत गुलिया खानेकुरा शरीरका लागि हानिकारक हुन्छन् । बढी चिनी हाम्रो जिउले पचाउन सक्दैन । जुन प्राकृतिक रुपमा केरा, सुन्तला लगायत फलफूलमा पाउनुहुन्छ । मधुमेह खासगरी पेटको गोलाइ बढ्नाले र अस्वस्थकर खानाले हुने गर्छ ।
बढी चिनी हाम्रो शरीरले पचाउन सकेन भने त्यो फ्याटमा परिवर्तन हुन्छ । पछि गएर त्यसले चिनीरोग मात्रै होइन, मुटुरोगको जोखिमलाई पनि बढाउँछ । गुलिया मिठाई मात्रै नभएर कोक, फ्यान्टा, जुसले पनि मधुमेह हुन सक्छ । बजारिया पेय पदार्थमा पनि फ्रुक्टोसिरफ भन्ने हालेको हुन्छ, यसलाई मेडिकल साइन्सले विषै मान्छ । किनभने, भोलि त्यो जम्मा भई फ्याटमा परिवर्तन भएर हामीलाई दुःख दिन सक्छ ।
लक्षण
५० प्रतिशत व्यक्तिमा यसको लक्षण नै देखिँदैन । तर, लक्षण देखिएन भन्दैमा मधुमेह भएको छैन भनेर ढुक्क हुन सकिँदैन । केही लक्षण भने देखा पर्छन् । जस्तो : बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनु । यस्ता लक्षण नदेखिईकन पनि मधुमेह लागेको हुन सक्छ ।
स्वयं व्यवस्थापन
मधुमेहको डाक्टर बिरामी आफैं हुन सक्छ । पहिलो त के कारणले मधुमेह लाग्छ भनेर ज्ञान हुनुपर्यो, जो माथि आइसक्यो । हामीले खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौं भने मधुमेहबाट जोगिन सक्छौं । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ । तर, सागसब्जी बढी र अन्न कम अर्थात् दुई मुठीमा अटाएजति खाने ।माछामासु हत्केलामा अटाएजति दुई–तीन पिस खान सकिन्छ । तर ह्वाइट मिट खानुपर्छ । जसमा कुखुरालगायत दुईखुट्टे पन्छी पर्छन् । यस्तो मासु पनि बोसोरहित हुनुपर्छ । रातो मासु अर्थात् चारखुट्टेको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल चाहिँ बूढी औंलाको टुप्पामा अट्नेजति खाने ।
दूध–दही, फलफूल मात्रा मिलाएर खाइरहनुपर्छ । एकैचोटि धेरै नखाने थोरथोरै तर समय–समयमा खाने । यो नै सन्तुलित भोजन हो, यसले सबै रोगबाट बच्न मद्दत गर्छ । तारेको चिज अति नै कम खाने, सकेसम्म खाँदै नखाने । त्यस्तै, मिठाई लगायत गुलियो खानेकुरा, कोक–फ्यान्टालगायत पेय पदार्थ नखाने ।
मधुमेह भएकाले के खाने के नखाने भन्ने हुँदैन, जो हामी नियमितजसो खाने गर्छौं । त्यसमा मात्रा मिलाउने भन्ने त माथि नै आइसक्यो । मधुमेह मात्रै होइन कि जुनसुकै रोगबाट बच्न मदिरा र सुर्तीजन्य पदार्थसेवन गर्नु हुँदैन । त्यसपछि व्यायाम गर्नुपर्छ । हामीले शरीरका सबै अंग चलाउनुपर्छ । व्यायाम गर्दा विभिन्न जोर्नीहरु चलाउनुपर्छ ।स्रोत : रातो पाटि
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses