यौन स्वास्थ्यका बारेमा महिलाले थाहा पाउनैपर्ने कुराहरु (जानी राखौ)
यौन अंगको सरसफाई
अधिकांस महिलामा एउटा भ्रम के छ भने यौन सम्पर्कपछि हुने हरेक प्रकारका समस्या पुरुषकै कारणले मात्र हुन्छ भन्ने छ । तर त्यही मात्र मुख्य कारण होइन । ध्यान दिनु पर्ने मुख्य कुरा त सरसफाई हो । यौन सम्पर्क गर्नु अगाडि र यौन सम्पर्क गरी सकेपछि महिलाले झन बढी सरसफाइमा ध्यान दिनुपर्छ ।
कण्डमको प्रयोग
असुरक्षित यौन सम्पर्ककै कारण महिलालाई बेसक हर्पस र एपीबि भाइरसलगायत विभिन्न यौन रोग लाग्ने संभावना बढी हुन्छ । यौन सम्पर्कको क्रममा आफ्नो यौन साथिलाई कण्डम लगाउन दबाब दिनुहोस् । यसबाट तपाईमा हुन सक्ने धेरै किसिमका संक्रमणबाट सहजै बच्नुहुनेछ । असुरक्षित यौन सम्पर्कले सबैभन्दा बढी युरिनरी इन्फेक्सन हुन्छ । असुरक्षित यौन सम्पर्क गर्ने समस्या नै यहि हुने गरेको चिकित्सकहरुको भनाई छ ।
शौचकार्य पछि सरसफाई
टिस्यु प्रयोग गर्नुअघि र पछि दुवै पटक राम्ररी हात धुनुपर्छ । खासगरी घरबाहिर सार्वजनिक शौचालयहरुको प्रयोग गरेपछि यस्ता कुरामा विशेष ध्यान दिन जरुरी छ ।
समय समयमा स्वास्थ्य परीक्षण
आम मानिस रोगले च्यापेर थलिएपछि मात्र अस्पताल वा स्वास्थ्य संस्था जाने गर्छन् । तर तपाईले समय समयमा आफ्नो शरीरको सम्पूर्ण चेकजाँच गर्नुभयो भने कुनैपनि प्रकारको इन्फेक्सन या ब्याक्टेरीयाबाट लाग्ने रोगबाट बच्न सकिन्छ । अझ समस्याको समाधान नभए स्त्री रोग विशेषज्ञसँग सल्लाह पनि लिन सक्नुहुनेछ ।
प्रशस्त पानी पिउनु
युरिन इन्फेक्सनको लागि तपाईंले अधिक मात्रामा पानी पिउनु जरुरी हुन्छ । पर्याप्त पानी पिउँदा शरीरमा भएका बिकारहरु पिसावको माध्यमबाट सहजै शरीर बाहिर जान्छ ।स्रोत : ओ यस नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses