ओली सरकारको पक्षमा कति दल, विपक्षमा कति ?(हेर्नुस् सबै सूचीसहित)
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै केपी ओलीको नेतृत्व अल्पमतमा परेको छ ।नयाँ सरकार निर्माणको कसरत सुरु भएसँगै व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुका सांसद सदस्य संख्याको पनि लेखाजोखा हुन थालेको छ ।
संसद सचिवालयको संख्या अनुसार अहिलेसम्म ओली सरकारको पक्षमा २५२ र विपक्षीमा ३४४ सांसद रहेका छन् । माओवादीले कांग्रेससँग मिलेर बहुमतीय सरकारको निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ ।
सरकारको पक्षमा कति दल, विपक्षीमा कति दल ?
विपक्षमा
नेपाली कांग्रेस २०७
नेकपा माओवादी केन्द्र ८२
संघीय समाजवादी फोरम नेपाल १५
तमलोपा ११
सदभावना पार्टी ५
तराई मधेस सदभावना पार्टी ३
रामसपा ३
नेकपा संयुक्त ३
थरुहट तराई पार्टी २
सलोरा मञ्च थरुहट १
खम्बुवान राष्ट्रिय पार्टी १
नेपाली जनता दल १
फोरम गणतान्त्रिक १
संघीय सदभावना पार्टी १
जनजागरण पार्टी १
नेपाल सदभावना पार्टी १
दलित जनजाति पार्टी १
फोरम (गणतान्त्रिक) १
पक्षमा
नेकपा एमाले १८२
राप्रपा नेपाल २५
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४
राप्रपा १२
नेकपा माले ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २
नेपाल परिवार दल २
मधेस समता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
बहुजन शक्ति पार्टी १
स्रोत : रातो पाटि =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses