धिक्कार छ, यस्ता सन्तानलाई,आफ्नै छोरा-बुहारीले जंगलमा छाडे-दुई महिना ओढारको बास(भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् ।तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा छोरा-बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् ।साथै छोरा-बुहारीलाई सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् । सुर्खेतको पश्चिम साल्कोटकी ७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा-बुहारीले दुई महिना अघि छिमेकी गाविस पोखरीकाँडा-३ को जंगलमा रहेको ओढारमा लगेर छोडेका थिए । बाटु अधिकारी बृद्धा जंगलमा रहेको जानकारी स्थानीयले दिएपछि सालकोट गाविसको विशेष पहलमा स्थानीयले उद्धार गरेका हुन् । आमालाई जंगलमा छाडेका कान्छा छोरा-बुहारीलाई गाउँले भेला भएर कान समातेर उठबस गराएका छन् र अबदेखि यस्तो कहिल्यै नगर्ने भनेर माफी माग्न लगाएका छन् ।बाटु अधिकारीले जंगलबाट घरमा फर्किन पाएकोमा खुसी व्यक्त गरिन् । जंगलबाट उद्धार गरिएकी ७२ वर्षीया वृद्धालाई जेठा छोरा-बुहारीको जिम्मा लगाइएको साल्कोट गाविसका सचिव तिलकराम अधिकारीले जानकारी दिए ।
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses