ओली सरकारको निरन्तरताको माग गर्दे पोखरामा युवाले निकाले र्याली
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

ओली सरकारप्रति अविश्वासको प्रस्ताव कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता गराएसँगै सरकारको निरन्तरताको पक्षमा आवाज उठिरहेका छन् । सामाजिक संजाल लगायतमा ओली सरकारको पक्षमापनि निरन्तर आवाज उठिरहेका छन् । यसै सन्दर्भमा पोखराका युवाहरुले पनि सरकारको निरन्तरताको माग गर्दै र्याली निकालेका छन् । समृद्धिका लागी युवा अभियानको आह्वानमा आयोजित र्यालीमा ‘केपी सरकारको निरन्तरता आजको आवश्यकता’ , ‘विकास गर्न खोज्नेलाई गर्न देउ’, जस्ता नारा लेखिएका प्लेकार्डका साथ युवाहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । मनवअधिकार चोकबाट शुरु भएको र्याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा समिर हुमागाँइ, सुभला देवकोटा, नारायण वास्तोला लगायतले साहित्यीक रचना मार्फत सविंधान कार्यन्यवनका लागी सरकार पविर्तन गर्न नहुने भन्दै परिवर्तनको खेलमा लागेकाहरुलाई सचेत हुन चेतावनी दिए। नरेश खनालले युवाहरुले चाहे देशको सत्ता पल्टाउन सकने भन्दै अहिलेको अवस्थामा सरकार परिवर्तन गर्न खोज्नेहरु राष्ट्रवादि नहुने र राष्ट्रियता बे.च्ने काम भए सबै युवाहरु चुप लागेर नबस्ने बताए ।यस्तै, सत्ता परिर्वनका कारण देशविकास हुन नसेको भन्दै सबै दललाई खबरदारि गर्न ¥याली निकालेको समृद्धिका लागि युवा अभियानका संयोजक सुशन घिमिरेले बताए ।

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses