अर्जुनसँग होइन कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी (माहाभारत)
महाभारतको सबैभन्दा चर्चित पात्र द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । द्रुपदले थुप्रै वर्षसम्म आफ्नी छोरी द्रौपदीलाई स्विकार गरेका थिएनन् ।
महाभारतमा द्रौपदीको बारेमा यो सत्य धेरैजसो मानिसलाई थाहा छ तर के तपाईंलाई थाहा छ, पाँच श्रीमानसँग विवाह गरेपछि पांचाली बनेकी द्रौपदी अर्जुनसँग नभई महारथी र दानवीर भनेर चिनिने कर्णलाई प्रेम गर्दथिन् । तर आफ्नो पिता द्रुपदको भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञा र मान–सम्मानका कारण द्रौपदी र कर्णले कहिले पनि एकअर्काको मनको कुरा भन्न पाएनन् । आउनुहोस्, विस्तृत रुपमा थाहा पाऔं यी दुबैको प्रेम कहानी ।
महारथी कर्णलाई प्रेम गर्थिन् द्रौपदीः
पांचाल देशका राजा द्रुपदकी छोरी भएका कारण द्रौपदीसँग जोडिएका थुप्रै विशेष कुराहरु थुप्रै राज्यमा फैलिएको थियो । उनको सुन्दरता, बुद्धि र विवेकलाई देखेर धेरै राजा द्रौपदीमाथि मोहित थिए ।
तर महारथी कर्णलाई द्रौपदीको निडर स्वभाव निकै राम्रो लाग्थ्यो । द्रौपदी आफ्ना साथीहरुसँग घुम्नका लागि आउने गर्दथिन् । द्रौपदीलाई देख्ने बित्तिकै कर्णलाई पनि उनीमा मन गयो ।
स्वयंवरभन्दा पहिले नै द्रौपदीलाई प्रेम गर्दथे कर्णः
जब द्रौपदीको स्वयंवरका लागि राज द्रुपदले द्रौपदीको कक्षमा दासीमार्फत महान योद्धाहरुको चित्र पठाएका थिए, त्यसमा कर्णको पनि चित्र थियो किनभने दुर्योधनका साथी भएका कारण सबैले कर्णलाई सम्मान गर्दथे र उनलाई पनि राजसी खानदान झैं मान्दथे ।
द्रौपदी कर्णको चित्र देखेर उनलाई मन पराउन थालिसकेकी थिइन् । जब स्वयंवरको दिन आयो, द्रौपदीको दृष्टि सबै राजा र पाण्डवमध्ये कर्णलाई खोजिरहेकी थिइन् ।
यसकारण हुन सकेन कर्णसँग विवाहः
द्रौपदीलाई उनका पिता राजा द्रुपदले भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञाको बारेमा पहिला नै बताइसकेका थिए । यसका साथै द्रौपदीलाई यो पनि थाहा भइसकेको थियो कि कर्ण एक सूतपुत्र हुन् र यदि उनको विवाह कर्णसँग भयो भने उनी जीवनभरी एक दासको पत्नीको रुपमा चिनिनेछिन् । यसका साथै कर्णसँग विवाह गरेपछि आफ्नो पिताको प्रतिज्ञालाई पूरा गर्न उनले सहयोग गर्न पाउँदिनन् । यही दुविधामा रहेर द्रौपदीले आफ्नो मनको सट्टा दिमागको कुरा सुन्दै कर्णसँग विवाह गर्ने आफ्नो भित्रि इच्छालाई त्यागेकी थिइन् ।
स्वयंवरमा गरिन् कर्णको अपमानः
आफूसँगै निराश भइसकेकी द्रौपदीले स्वयंवरमा एउटा कठोर निर्णय लिँदै कर्णलाई सूतपुत्र भनेर उनलाई अपमानित गरेकी थिइन् । द्रुपद पुत्रीले सभामा आफू एक सूतपुत्रसँग विवाह गर्न नसक्ने बताएकी थिइन् । यस प्रकारले कर्णलाई निकै आघात पर्यो कि द्रौपदीजस्ती निडर र क्रान्तिकारी सोच राख्ने महिला उनको जातको आधारमा यस्तो प्रकारको अपमान गर्न सक्छिन् ।
दुबैले कहिले पनि एक–अर्कालाई आफ्नो मनको कुरा भनेनन्ः
स्वयंवरमा द्रौपदीबाट अपमानित भएपछि कर्णको मनमा द्रौपदीका लागि रिस भरिसकेकोा थियो जबकी द्रौपदी आफ्नो यो शब्दको सत्य जान्दथिन् । पाँच पाण्डवसँग विवाह भइसकेपछि पनि द्रौपदीले कहिले पनि कर्णलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् ।
चीरहरणको बेलामा पनि द्रौपदीलाई कर्णकै आशः
जब पासाको खेलमा पाण्डव आफ्नो सबैकुरा हार्दै द्रौपदीलाई दाउमा राखेका थिए तब दुर्योधनले दुशासनलाई द्रौपदीको वस्त्र हरण गरेर आफ्नो काखमा राख्ने आदेश दिएका थिए । यतिबेला सबैजना खेलको नियम यस्तै भएको भन्दै मौन थिए जबकी द्रौपदीलाई सभामा उपस्थित कर्णको सहायताको आशा थियो । तर आत्मग्लानी भएका कारण द्रौपदीले कर्णसँग सहायता मागिनन् । उता कर्ण पनि स्वयंवरमा आफ्नो अपमानको प्रतिशोध लिनका लागि मौन थिए ।
मृत्युशैय्यामा रहेका भिष्मलाई कर्णले बताए रहस्यः
जब असंख्य बाण लागेपछि भिष्म पितामहा मृत्युशैय्यामा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका थिए, त्यतिबेला महारथी कर्ण भिष्मलाई भेट्नका लागि गए । उनले भिष्मलाई द्रौपदीसँग आजिवन प्रेम गर्ने बारेमा बताए । जब उनी आफ्नो प्रेम कहानीसँग जोडिएको विभिन्न घटनाहश्र भिष्मलाई बताइरहेका थिए, त्यति बेला द्रौपदीले ती कुराहरु सुनिरहेकी थिइन् । त्यतिबेला द्रौपदीलाई पनि थाहा भयो कि उनले मात्र नभई कर्णले पनि आफूले धेरै माया गर्ने थाहा पाएकी थिइन् ।
र यसरी भयो यो प्रेम कहानीको अन्त्यः
भूमिबाट पाएको श्रापका कारण युद्धको समय कर्णको रथ भूमिमा भास्सियो । यसका साथै उनले मन्त्र पनि बिर्सिसकेका थिए । यसकारण उनले आफ्नो रक्षा गर्न सकेनन् र अर्जुनले पछाडिबाट प्रहार गर्दै कर्णलाई मृत्युको मुखमा पुर्याए । यसरी द्रौपदीका श्रीमानले उनको प्रेमलाई सदाको लागि अन्त्य गरिदिए ।
स्वर्गमा कर्णले दौपदीलाई अभिनन्दन गरेका थिएः
आफ्ना पाँच श्रीमानसँग स्वर्ग पुगेका कारण महारथी कर्णले मुस्कुराउँदै आफ्नो प्रेम द्रौपदीलाई स्वागत गरेका थिए ।
स्रोत : रातो पाटि .कम
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses