विदेशबाट आउँदा कुन–कुन सामान कति ल्याउन पाइन्छ ? (भन्सार विभागको सूचना हेर्नुहोस् )
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======


विदेशबाट घर फर्कने सोच्दै हुनुहुन्छ ? अनि आफ्ना आफन्त, साथीभाई, र घरपरिवारका सदस्यलाई केही सामान उपहार ल्याइदिउँ भन्ने पनि सोच्दै हुनुहुन्छ होला । बुझ्दै नबुझी टन्न सामान बोकेर आउनुभयो भने तपाइको सामान बिमानस्थलमै सरकारी अधिकारीले जफत गर्न सक्नेछन् ।किनकि साउन १ गते अर्थात जुलाई १६ तारिखदेखि लागू हुने गरी सरकारले निश्चित परिमाण बाहेकका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ । केही सीमीत सामान कर नलाग्ने छन् भने केही ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ । आफूले प्रयोग गरेका लूगाफाटा, घर गृहस्थीका पुराना सामान, बिरामीले ल्याएका औषधी, पचास ग्रामसम्म सुनका गहना, पाँच सय ग्रामसम्म चाँदीका गहना, एक लाख रुपैयाँ सम्मको जवाहरात जडित सुन वा चाँदीका साथमा ल्याएका गहनामा भन्सार लाग्दैन ।श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा १२ महिना काम गरी फर्केका नेपालीले १ पटकका लागि ३२ ईन्च सम्मको एउटा टिभी महसुल नतिरी र अरुले प्रत्येक ईन्च बराबर रकम तिरी ल्याउन पाउने छन् ।
व्यक्तिगत प्रयोजनका लागि म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक÷एक थान, लुगाफाटा, जुत्ता कस्मेटिक्स आदि बढीमा १५ थान ल्याउँदा एकमुष्ठ ४० पैतिशत महशुल लाग्ने भन्सार विभागले जनाएको छ ।स्रोत : ओ यस नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses