गर्भ भएका बेला पनि यौनसम्पर्क गर्न मिल्छ, तर कसरी गर्ने ?ल हेर्नुहोस यस्तो छ उपाय (जानी राखौ)
गर्भ रहेका बेला पनि यौनसम्पर्क गर्न मिल्ने चिकित्सकहरूले बताएका छन् । तर, यौनसम्पर्क सुरक्षित तरिकाले गर्नुपर्ने उनीहरूको भनाइ छ । एक महिलाले आफ्नो पाँच महिनाको गर्भ रहँदा चिकित्सकलाई सोधेको जिज्ञासामा यौनसम्पर्क गर्न मिल्ने सल्लाह दिइएको हो । गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लागेको पाइन्छ । सामान्यतः गर्भावस्थामा पनि दुवै जना (विशेषतः महिला)को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ । कसै–कसैमा गर्भावस्था आफैंमा जोखिमपूर्ण पनि हुनसक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो हुने चिकित्सकहरूले बताएका छन् । ‘जोखिमपूर्ण अवस्थाहरूबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन’, चिकित्सकहरूले भनेका छन्, ‘शिशु जन्माउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।’ स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses