युरिक एसिडको लक्षणहरु के के हुन् ?के खान हुन्छ र के हुदैन ?यसको उपचार के हो?(जानी राखौ)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने विकारयुक्त पदार्थ हो । हाम्रो शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । जुन सामान्यतया पिसावबाट बाहिर निस्कन्छ । शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनका लागि रगतो जाँच गर्नुपर्छ । रगतमा युरिक एसिडको मात्रा पुरुषमा 2-7 gm/dlर महिलामा 2-6 gm/dlलाई सामान्य मानिन्छ । सामान्य भन्दा बढी युरिक एसिड रगतमा भएमा यस्तो अवस्थालाई हाइपरयुरिसेमिया भनिन्छ । लामो समयसम्म उच्च रक्तचाप, क्षयरोगको औषधि सेवन गर्ने, शरीरमा कोषहरु बढी बन्ने रोगजस्तै क्यान्सर भएका बिरामी, पुरुषहरुमा उमेर बढ्दै जाँदा, जाँड रक्सी, धेरै प्रोटिनयुक्त खाना खाँदा रगतमा युरिक एसिड बढ्ने संभावना हुन्छ ।लक्षणहरु
सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढी औंलाको फेदमा अत्याधिक दुख्ने, सुन्निने कक्रक्क पर्ने, हिड्न, बस्न, उठ्न समस्या हुने भएमा युरिक एसिड भएको संकेत गर्छ । रगतमा युरिक एसिडको मात्रा बढ्दै जाँदा यो खुट्टाको बुढी औंला वरपर र पछि अन्य भागमा पनि जम्मा भएर एक्कासी दुख्ने, सुन्निने, रातो हुन्छ । यसैलाई नै युरिक एसिडको बाथ या गाउटी आरथ्राइटिस भनिन्छ । युरिक एसिड बढ्दैमा सबैलाई बाथ भने हुँदैन । रोग छिप्पिँदै जाँदा यसले जोर्नी बिग्रने, युरिक एसिडका डल्लाहरु ठाउँ ठाउँमा जम्ने, मिर्गौलामा पत्थरी हुने र मिर्गौलासमेत बिग्रने हुनसक्छ ।
युरिक एसिड र खानपान
युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिरामीले अत्याधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ । लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दही लगायत धेरै पौष्टिक चिजहरु खाँदैनन् । यसरी सबैजसो खानेकुरा बन्देज गर्न जरुरी छैन । बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्वमा कमि भई थप समस्या उत्पन्न हुन सक्छ । विशेषगरी माछा मासु, रातो मासु, कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरु पूर्ण रुपमा खानु हुँदैन । मासुजन्य खाध्य पदार्थमा प्युरिन हुन्छ । जसको सेवनले युरिक एसिड बढाउँछ ।
-तेलमा तारेको खानेकुराले पनि युरिक एसिड बढाउँछ ।
-कोकाकोला, फ्यान्टालगायतका सफ्ट पेयपदार्थहरुको सेवन पनि घटाउनुपर्छ ।
-क्याल्सियमयुक्त खानको सेवन बढाउनुपर्छ । केरा, आलु, दुध दही, स्ट्रबेरी र कागती आदिको सेवन फाइदाजनक हुन्छ ।
-युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै प्रशस्त पानी तथा झोल पदार्थ बाहिर निस्कन्छ । यसो गर्दा पिसाबबाट बढी भन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ । यसले रगतमा युरिक एसिडको मात्रा कम गराउँछ ।
-नियमित व्यायाम गरेर शारिरीक तौल नियन्त्रण गर्ने ।
युरिक एसिडको समस्या भएका बिरामीले नियमित रुपमा रगतमा युरिक एसिडको परीक्षण गराउनुपर्छ । युरिक एसिड बढेर यसका क्रिस्टलहरु जोर्निभित्र जम्मा भएमा कार्टिलेजलाई बिस्तारै क्षति पुर्याउँदै जान्छ र अन्त्यमा जोर्नी पूर्ण रुपमा बिग्रन्छ । मिर्गौलाको भित्र साना साना कोषहरुमा युरिक एसिड जम्मा भएर बिस्तारै मिर्गौलाका कोषलाई बिस्तारै क्षति पुर्याउँछ । शुरुको अवस्थामा मिर्गौलमा नेफ्राइटिसको समस्या देखा पर्छ र अन्त्यमा दुवै दुवै मिर्गौलले काम नगर्ने हुन्छ । त्यसैले युरिक एसिडका क्रिस्टलहरु जम्मा भएर मिर्गौलामा पत्थरी पनि हुन सक्छ ।
उपचार
रगतको जाँच गरेर युरिक एसिडको लेभल सजिलै पत्ता लगाउन सकिन्छ । बढी भएमा माथि उल्लेखित युरिक एसिड नियन्त्रणका उपायहरु अपनाउनुपर्छ । यसले पनि नियन्त्रण नभए चिकित्सकसँग परामर्श लिएर औषधि पनि खान सकिन्छ । आजभोली बजारमा युरिक एसिड नियन्त्रण गर्ने प्रसस्त औषधि भएपनि चिकित्सकको सल्लाहबिना आफूखुशी भने प्रयोग गर्नु हुँदैन ।
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses