काँधमा श्रीमतीको शव बोकेर १० किलोमिटर पैदल
भारतको उडिसा राज्यमा एक व्यक्तिले आफ्नी श्रीमतीको शव काँधमा बोकेर १० किलोमिटर पैदल हिँड्नु परेको छ। अस्पतालबाट शव घरसम्म लैजान साधन नपाएपछि उनले काँधमै बोकेर १० किमी हिँडेको भारतीय समाचारमाध्यमले जनाएका छन्।दाना माझी नामका यी व्यक्तिकी १२ वर्षीय छोरी पनि सँगै पैदल हिँडेकी थिईन्। माझी पत्नीको मृत्यु क्षयरोगका कारण भएको हो। उक्त स्थानमा सरकारी अस्पतालबाट मृतकको घरसम्म शव निःशुल्क लैजान पाउने सुविधा सुरु गरिए पनि पीडितले कतैबाट सुविधा नपाएको बताएका छन्। अन्त्यमा केही नलागेपछि आफैँले श्रीमतीको शव तन्नामा बेरेर बोकेको माझीको भनाइ छ। माझीको घर अस्पतालदेखि ६० किलोमिटर टाढा छ। तर १० किलोमिटर हिँडिसकेपछि बाटोमा पत्रकारसँग भेट भएको र उनीहरुले कलेक्टरलाई फोन गरेपछि बाँकी ५० किलोमिटरका लागि एम्बुलेन्स व्यवस्था गरिएको माझीकी छोरीले बताएकी छिन्।
स्रोत : सेतो पाटि =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses