४२ रोपनी जग्गामा २२ तले धरहरा बन्ने,यस्तो बन्नेछ २२ तलाको नयाँ धरहरा (फोटो र भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

गत वर्षको भुकम्पबाट भत्किएको धरहरा अब ४२ रोपनी क्षेत्रफलको फराकिलो जग्गामा पुनर्निमाण गरिने भएको छ।
हुलाक विभाग र टक्सार कार्यालयको जग्गा समेतलाई ओगटेर धरहरा ४२ रोपनी क्षेत्रफलमा पुनर्निमाण गरिने भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अब बनाइने धरहराको डिजाइन सोमबार सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको डिजाइन अनुसार भूमिगत पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्टसहितको धरहरा २२ तलाको हुने छ।
मन्त्रालयले केज कन्सल्ट प्रालिमार्फत धरहराको डिजाइन सार्वजनिक गरेको हो। २६ लाख रुपैयाँको डिजाइन अनुसार धरहरा बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए।
उनका अनुसार धरहरा बनाउनका लागि सहयोग गर्न जनतालाई आव्हान गरिने छ। जनताबाट अपेक्षित रुपमा सहयोग नजुटे नेपाल टेलिकमको सहयोग लिइने मन्त्री पोखरेलले बताए।
पुरातत्व विभागले ६ वटा कम्पनीले बुझाएका डिजाइनमध्ये केज कन्सल्टको डिजाइनलाई अन्तिम बनाएर सार्वजनिक गरेको हो। ‘हामीले जनताको प्रतिक्रिया लिनका लागि डिजाइन सार्वजनिक गरेका हौ,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने,‘ कस्तो प्रतिक्रिया आउँछ त्यही अनुसार डिजाइन फाइनल हुनेछ।’ उनले सुन्धारामा रहेका वैदेशिक हुलाक र राष्ट्र बैंकको टक्सार कार्यालयको जग्गा धरहरा बनाउन प्रयोग गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेकोबताए। तर, धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले बनाउने वा पुरातत्व विभागलाई बनाउन दिने भन्ने टुंगो लागि नसकेको दाहालले बताए। उनले धरहरा निर्माणमा लाग्ने खर्चका लागि नेपाल टेलिकमसँग पनि अन्तिम सम्झौता भइनसकेको बताए।
सरकारले धरहराको पुनर्निमाणका लागि सहयोग जुटाउन म बनाउँछु मेरो धरहरा अभियान संचालन गरेको ८ महिनाको अवधिमा जम्मा १ करोड ९५ लाख रुपैयाँ संकलन भएको छ।
सहयोग रकम अपेक्षित रुपमा संकलन नभएपछि नेपाल टेलिकमले धरहराको पुनर्निमाणका लागि अनुमानित गरिएको ३ अर्ब रुपैयाँ नै लगानी गर्न इच्छा देखाइ सरकारलाई पत्राचार गरेको छ।पूर्ण विवरण भिडियोमा हेर्नुहोस
<<भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses