“गरिवहरु कुकुर मरेको जस्तो मर्ने, ठुलाठालुले चाही राज्यको ढुकुटी दोहन गर्ने ?”
प्रिय सरकार !
प्रिय स्वास्थ्य मन्त्री !!
गरीवले त उपचार नपाएर घरमा नै देहत्याग गरेका छन । एकदमै थोरै विरामी मात्रै अस्पतालसम्म आईपुग्छन तर तिनीहरू पनि आंशिक उपचार गरेर विरामी बल्झाएर घर फर्कन्छन र आत्महत्याको बाटो रोज्छन । केहीले अस्पतालमा नै आत्महत्या गरेका छन् ।
के यही हो गरीवको नियति ? अनि मुठ्ठीभर ठुलाठालुहरूले राज्यको ढुकुटी दोहन गरेको हामीले नै देखेका छौ । के यही हो सामाजिक न्याय? के यो परिपाटी फेर्न सकिदैन? गरीव कुकुर मरे जस्तो मरेको र ठालुहरूले राज्यकोष दोहन गरेको समाचार कति सुन्ने? यही फेर्न जानेहरूले के गरेका होलान् त?
अनि राज्यले छात्रावृति पढाउने अनि ति डाक्टर देशमा नबस्ने, बसीहाले पनि गाउँबस्तीमा नजाने । के यो परिपाटी फेर्न सकिदैन?
सरकार ! गरीवको शरिर घोचेर र तिनै गरीवको पसिनाको कमाईबाट तिरेको करबाट छात्रावृति पढेर डाक्टर बनेकाहरू, जसले नेपालमा सेवा गरेनन्, तिनीहरूसंग सबै लागत खर्च असुल गर ।
ठूलाठालुले राज्यकोष दोहन गरेका छन् । अनावश्यक पैसा लिएका मध्ये कतिपय तिर्न सक्नेबाट फिर्ता गराउ । आगामी दिनमा यसरी पैसा कसैलाई नदेउ । यो सबै स्वास्थ्यमा लगाउ ।
(एमाले नेतृ रामकुमारी झाक्रीको फेसबुकबाट साभार)
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses