त्रिशूलीमा बेपत्ता भएका पूर्वमन्त्री घिमिरेको मोबाइलबाट विहानै एसपीलाई फोन आएपछि…
गाडीसहित त्रिशूली नदीमा वेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेको मोबाइलबाट सोमबार विहानै चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा फोन आएपछि सबैलाई आश्चर्यचकित पारेको छ । आइतबार साँझ ५ बजेतिर त्रिशूलीमा कारसहित खसेर वेपत्ता घिमिरेको अहिलेसम्म अत्तोपत्तो नलागेका बेला उनकै मोबाइलबाट फोन आएपछि दुर्घटनास्थलमा मानिसहरुलाई आश्चर्यमा पारेको हो । चितवनका प्रहरी प्रमुख एसपी कुँवरका अनुसार उनको मोबाइलमा बिहान ९ बजेर २२ मिनेट जाँदा घिमिरेको मोबाइलबाट फोन आएको थियो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटिएको थियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । तर, पछिल्लो फोन नउठाउँदै काटियो । एसपी कुँवरले फोन कलब्याक गर्न खोज्दा घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो । त्रिशूलीमा बेपत्ता घिमिरेको मोबाइलबाट फोन आएपछि अचम्म परेका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई जानकारी गराए । त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्यो । घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने अनुमान प्रमुख जिल्ला अधिकारी सिंहले गरे । उनले भने- ‘फोन च्यापिएको अवस्थामा फेला पर्यो । आफै डायल भएर एसपी सापलाई फोन गएको हुनसक्छ । यसबारे थप अनुसन्धान हुँदैछ ।’ प्रमुख जिल्ला अधिकारी सिंहका अनुसार दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको खोजी कार्य जारी छ । स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses