धादिङमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ कम्तिमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले अहिलेसम्म १४ जनाको शव निकालिएको जानकारी दिए। सुवेदीका अनुसार मृत्यु हुनेमा १० पुरूष र ४ महिला छन्। दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ। मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११:३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ। बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी दिए। पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो। घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ। दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार स्थानीयले गरेका छन्। घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।स्रोत : सेतो पाटि

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses