सरकार, उद्दार गर्नुहोस् !दुबईमा अलपत्र परेका ३० नेपालीको गुहार
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

दुबईमा सेक्युरिटी गार्डका रुपमा लगिएका ३० जना नेपाली दयनीय स्थितिमा बाँच्न बाध्य बनेका छन् । ११ महिनाअघि दुबई पुगेका उनीहरुले शुरुवातदेखि सम्झौता गरे अनुसारको तलब नपाएको र पछिल्लो ४ महिनादेखि तलबनै नपाएको बताएका छन् ।नेपालस्थित हिमारब ओभरसिज र एन.सि.एफबाट ३० नेपाली सेक्यूरीटी गार्डलाई दुवईको लिडर सेक्यूरीटी गार्डमा पठाइएका थिए ।नेपालबाट पठाइनअघि २६ दिन १२ घण्टाको दरले काम गरे १७८१ दिराम र ३० दिन काम गरेमा २०८१ दिराम दिने सम्झौता भएको थियो । तर, सम्झौता अनुसार को रकम नदिई कहिले २००–३०० कहिले ९००–१२०० मात्र दिएको पीडित मिङमा तामाङ वताउँछन् ।कम्पनीसँग सम्झौता गरेको रकम माग्दा पनि स्थानीय गुण्डा ल्याएर क्याम्पमा आएर धम्क्याउने गरेको तामाङले बताए ।हाल आएर ४ महिना देखि कम्पनिले १ दिराम पनि नदिएको र यस विषयमा महिना अघिनै युएईस्थित नेपाली दुतावासमा जानकारी गराए पनि दुतावासले कुनै निकास ननिकालेको उनीहरुको गुनासो छ ।लेवर कोर्टले पनि पटक–पटक म्याद मात्र थपेको र अहिले लेवर कोर्ट जानसम्म पैसा नभएको पीडित कामदारहरुले बताएका छन् । ‘हामीसँग खानाको लागि समेत रकम सकिन लाग्यो,’ तमाङले भने ।आफूहरुको अवस्था नाजुक वन्दै गएकाले चाडो भन्दा चाडो उदार गरी नेपाल फिर्ता गरि दिनुहुन सम्बन्धित निकायहरुमा आग्रह गरेका छन् । अझै पनि नेपालबाट उक्त कम्पनीमा कामदारहरु पठाइरहेको हुँदा त्यसलाई पनि समस्या समाधान नभएसम्म रोक्न उनीहरुले सरकारसमक्ष आग्रह गरेका छन् ।स्रोत : रातो पाटि .कम

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses