महिला इन्जिनियर सरितालाई कुर्सीमा बाँधेर यसरी जिउँदै जलाइयो
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

बिहारको मुजफ्फरपुरमा एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । एक महिला इन्जिनियरलाई कुर्सीमा बाँधेर जिउँदै जलाइएको आरोप लागेको छ । उनकी आमा कुसुम देवीले नजिकै रहेको चप्पल र लुगा देखेर शवको पहिचान गरेको बताइएको छ ।महिला इन्जिनियर सरिता देवी मनरेगामा जुनियर इन्जिनियर (जेई) थिइन् र जिल्लाको मुरेल ब्लकमा मनरेगामा कार्यरत थिइन् ।अहियापुर थानामा बयान दिँदै सरिताकी आमा, छोरा र श्रीमानसोमबार बिहान महिलाको घरमा सर्ट सर्किटले आगो लागेको सूचनामा स्थानीयहरु एकत्रित भएका थिए । निकै बेरसम्म घरभित्रबाट कसैको पनि आवाज नसुन्दा केही मानिसहरु घरभित्र छिरे । उनीहरुले त्यहाँ कुर्सी जेलेको देखे । कुर्सीसँगै खुट्टाको जलेको हड्डी पनि उनीहरुले देखे ।
मिडिया रिपोर्ट अनुसार, घटनास्थलमा सुसाइड नोट पनि पाइएको छ । महिलाको शरिर निकै नराम्रो सँग जलेको छ जहाँ हड्डीहरु मात्र बचेको थियो । पुलिसले शरिर जलाउनका लागि कुनै रसायनको प्रयोग हुनसक्ने आशंका जताएको छ ।भारतीय मिडियाको दाबी अनुसार सरिताको उनका श्रीमान् विजय सिंहसँगको सम्बन्ध राम्रो थिएन ।
उनी अहियापुर थाना क्षेत्रको कोल्हुआ बजरंग विहार कोलोनीको एक निर्माणाधीन घरमा आफ्ना दुई छोराहरुसँगै बस्दै आएकी थिइन् । घटना भएको दिन उनका एक छोरा हजुरआमाको घरमा गएका थिए भने अर्का छोरा ध्रुव दरभंगामा पोलिटेक्नीकको पढाई गरिरहेका छन् ।एसएसपी विवेक कुमारका कारण घटनालाई सरसर्ती हेर्दा यो सरिताको हत्या भएको देखिन्छ । अनुसन्धानका लागि घरलाई पूर्ण रुपमा सिल गरिएको छ भने घर मालिक विजय गुप्तालाई हिरासतमा लिएर सोधपुछ गरिएको जानकारी उनले दिएका छन् ।स्रोत : रातो पाटि 

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses